गठबन्धनभित्र गण्डकीका मुख्यमन्त्रीका मुख्य प्रतिस्पर्धी को-को हुन्? « Khabarhub

गठबन्धनभित्र गण्डकीका मुख्यमन्त्रीका मुख्य प्रतिस्पर्धी को-को हुन्?


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

पोखरा – निर्वाचन आयोगले समानुपातिक सांसदको सूची सार्वजनिक गर्दै छ। ६० सदस्यीय गण्डकी प्रदेश सभामा ३६ जना प्रत्यक्ष निर्वाचनबाट चुनिएर आइसकेका छन्। दलहरुले समानुपातिकको सूची पनि बुझाएका छन्। करिब करिब ६० सांसदको टुंगो लाग्ने अवस्थामा छ। अब निर्वाचित सांसदहरुको शपथ सबैभन्दा पहिलो कार्यसूची हुनेछ। प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेपछि संसद् बैठक सुरु हुन्छ। संसद् बैठकको सुरुआतसँगै सरकार गठन प्रक्रिया चल्छ।

गण्डकीमा सत्ता गठबन्धनको स्पष्ट बहुमत छ। केन्द्रीय राजनीति तलमाथि नभए कांग्रेस र माओवादीको गठजोडबाट यहाँ नयाँ सरकार गठन हुन्छ। तर, सरकारको नेतृत्व कसले गर्ने भन्ने चासो यतिबेला राजनीतिक बृत्तमा सुरु भएको छ। यसअघि कांग्रेसले नेतृत्व गरेका कारण आफूहरूले मुख्यमन्त्री पाउनुपर्ने दाबी माओवादीको छ भने कांग्रेसले प्राकृतिक न्यायको सिद्धान्त देखाउँदै ठूलो दलले सरकारको नेतृत्व पाउनुपर्ने तर्क गरेको छ।

जे होस्, माओवादीबाट मुख्यमन्त्री बने हरिबहादुर चुमानको प्रबल सम्भावना छ। कांग्रेसमा भने प्रतिस्पर्धी बढी छन्। केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, कास्कीका विन्दुकुमार थापा, नवलपुरका सभापति महेन्द्रध्वज जिसी र पुराना नेता भोजराज अर्याल मुख्यमन्त्रीको रेसमा छन्। उनीहरु सबै जना केन्द्रीय नेतृत्वलाई खुसी पार्न तल्लीन छन्। पाण्डे र थापा संस्थापन समूहका हुन् भने जिसी र अर्याल संस्थापन इतरका नेता हुन्।

निर्वाचित र समानुपातिकको सूची हेर्दा संस्थापन पक्षको झिनो बहुमत छ। तर,  पात्रका कारण सांसदहरु यताउति हुन सक्छन्। तथापि संसदीय दलको नेता चयनमा निर्वाचन नहुने सबै नेताहरुको दाबी छ। ‘सहमतिबाटै निकास निस्किन्छ। चुनाव गरेर दलको नेता चयन हुँदैन,’ पाण्डेले भने, ‘पहिला समानुपातिक सूची टुंगिएपछि दलको नेता चयनको प्रक्रिया थाल्छौं।’

जिसी पनि सहमतिबाटै जाने बताउँछन्। ‘सहमति नै सबैभन्दा ठूलो निर्वाचन हो। प्रदेशलाई निकास दिन सक्ने र भिजन भएको मान्छे नै दलको नेता बन्ने हो,’ उनले भने, ‘मिलाएर अघि बढ्छौं। समझदारी बन्छ भन्ने लागेको छ।’

माओवादी नेता चुमान भने माओवादीले मुख्यमन्त्री पाउँदा आफू नै सर्वसम्मत हुने बताउँछन्। उनी अघिल्लो कार्यकालमा पनि सर्वसम्मत दलको नेता भएका थिए। ‘अनुभव र काम गरेको आधारमा म सर्वसम्मत दलको नेता चुनिन्छु,’ उनले भने, ‘मुख्यमन्त्री पनि यसपालि माओवादीले पाउँछ। केन्द्रीय नेताहरूले ढुक्क हुनुस् भन्नुभएको छ।’ गण्डकीमा कांग्रेसले २७ सिट जितेको छ भने माओवादीले ८ तथा सत्ता गठबन्धनमै एकीकृत समाजवादीका १ सांसद हुने छन्।

मनाङबाट निर्वाचित स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ) एकीकृत समाजवादी प्रवेश गरेका हुन्। २२ सिट रहेको एमाले र २ सिटको राप्रपा प्रतिपक्षमा रहने सम्भावना बढी छ। मुख्यमन्त्रीका दावेदारहरु निरन्तर काठमाडौं आउजाउ गरिरहेका छन् भने नेताहरु भेट्ने दौडधुप चलिरहेको छ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  १० : २५ बजे

हटेन रसुवागढीको हैरानी : नेपाली कन्टेनर चालकले चीन प्रवेश अनुमति पाएनन्

काठमाडौं- रसुवा नाका हुँदै चीनको केरुङबाट सामान ढुवानी गर्नेबारे नेपाल

निर्वाचन परिचालन समितिको सचिवालय बैठक सम्पन्न, केन्द्रीय परिचालन कमिटी माघ २२ मा बस्ने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीको निर्वाचन परिचालन समितिको सचिवालयको दोस्रो बैठक

निर्वाचनलाई मानवअधिकारमैत्री बनाउन जोड

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादर मगरले स्वच्छ, निष्पक्ष र

मंगलबारबाट सक्रिय हुँदै रवि, पहिलो चरण चितवन जाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मंगलबारबाट सार्वजनिक कार्यक्रममा