सोलुखुम्बुमा बाँदर आतंक, कृषक आजित « Khabarhub

सोलुखुम्बुमा बाँदर आतंक, कृषक आजित


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– बाँदर आतंकले सोलुखुम्बुका कृषक आजित बनेका छन् । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका-८ रणेम क्षेत्रका सुन्तला, कोदो, धान बाली सखाप पारेसँगै कृषक आजित बनेका हुन् । 

आफूहरूले घाम पानी नभनी लगाएको बालीबाट उत्पादन लिने समयमा बाँदरले खाएर सखाप पारेको कृषक नीरकुमार राईको गुनासो छ । उब्जनी भएका अन्नबाली उठाउन नपाउँदै खान थालेपछि बाँदर धपाउन गोठालो बस्नुपर्ने अवस्था आएको कृषक बताउँछन् ।  

जङ्गलबाट ठूलो सङ्ख्याका बाँदर हुल बाँधेर आउने भएकाले धपाउन समस्या हुने र एकैचोटिमा धेरैको खेतबारीमा फलेको अन्नबाली सखाप पार्ने गरेको दिप्लीका रत्नकुविर राईको दुःखेसो छ । कोशीवारि रहेको यो क्षेत्रलाई माप्य दूधकोशीको वाकुसँग जोड्न इंखु खोलामा पुल थापेसँगै वाकु जङ्गलको बाँदर दिप्ली क्षेत्रमा प्रवेश गरेको कृषकको भनाइ छ । वर्षभरि दुःख गरेर लगाएको बालीनालीमा बाँदरको आतंक बढ्न थालेसँगै खेतीयोग्य जमिन नै बाँझो राख्ने मनस्थितिमा कृषक पुगेका छन् ।

रोग किराको प्रकोपसँगै जङ्गली जीवजन्तुको आतंकले आजित बनेका कृषक उब्जनी भएको आधाभन्दा बढी लगानी रोग किरा र जङ्गली जीवजन्तुले नै सखाप पार्ने गरेको अर्का कृषक राजकुमारी राईले बताइन् । यो वर्ष मात्र नभई बर्सेनि यहाँका कृषकले बाँदर आतंक खेप्दै आएका छन् । 

विगतका वर्षमा बाँदर धपाउनका लागि भन्दै डिभिजन वन कार्यालय सोलुखुम्बुबाट यन्त्र वितरण गरिएको थियो । तर उक्त यन्त्र पड्काएर बाँदर धपाए पनि फेरि फर्केर आइहाल्ने भएकाले खासै प्रभावकारी नबनेको कृषकको भनाइ छ । 

थुलुङ दुधकोशी गाउँपालिका–८ का वडाध्यक्ष राजेश राईले कृषकको समस्या समाधानका लागि गाउँपालिकाको कार्यपालिका बैठकमा कुरा उठाउने र बाँदर आतंकबाट कृषकलाई छुट्कारा दिलाउन आफूले सक्दो प्रयास गर्ने प्रतिक्रिया दिए।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ७ : ३४ बजे

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

काठमाडौं– असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने

महोत्तरीमा जग्गाप्राप्तिसम्बन्धी २८ हजार बढी आवेदन

महोत्तरी– भूमिहीन र अव्यवस्थित बसोवासीसमेत २८ हजार व्यक्तिले लालपुर्जा प्राप्तिका

रसुवा बाढी प्रभावितको बीमा दाबी सहज बनाउन संक्षिप्त कार्यविधि लागू

काठमाडौं– नेपाल बीमा प्राधिकरणले बाढी प्रभावित बीमितहरूको बीमा दाबी सहज

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक

निसीखोला बाढीको कटानबाट क्षतिग्रस्त कानाबगर बजार (तस्बिरहरू)

काठमाडौं– गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर