मानसिक स्वास्थ्य सेवामा स्वास्थ्य मन्त्रालयले ध्यान दिनुपर्छ : अध्यक्ष मगर « Khabarhub

मानसिक स्वास्थ्य सेवामा स्वास्थ्य मन्त्रालयले ध्यान दिनुपर्छ : अध्यक्ष मगर


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आम नागरिकमा बढ्दै गएको मानसिक स्वास्थ्य समस्या समाधान गर्ने विषयमा स्वास्थ्य मन्त्रालयले आवश्यक ध्यान दिनुपर्ने बताएका छन् ।

आयोग र कोसिस राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठनले आज आयोगको सभाहलमा गरेको मानवअधिकार तथा मानसिक स्वास्थ्य अवस्था सम्बन्धमा सरोकारवालाबीचको आन्तरक्रियामा अध्यक्ष मगरले यस्तो बताएका हुन् ।

“आम नागरिकमा मानसिक स्वास्थ्य समस्या विकराल बन्दै गएको अवस्था छ, अहिले सरकारी अस्पतालमा विभिन्न ९७ वटा औषधि निःशुल्क त भयो, तर मानसिक समस्याका बारेमा समाधान गर्ने विषयविज्ञ डाक्टर, उपचार व्यवस्था र त्यसका लागि आवश्यक औषधि सहजरूपमा उपलब्ध हुन सकेको अवस्था छैन । यस विषयमा स्वास्थ्य मन्त्रालयले ध्यान देओस्”, उनले भने , “आमनागरिकमा मानसिक स्वास्थ्य समस्या समाधान गर्ने विषयमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र मातहतका कार्यालयले उचित नीति, योजना र कार्यक्रम गर्नु आवश्यक छ ।”

उनले संविधानमा सबै नागरिकले स्वास्थ्य उपचार सहजै पाउने भन्ने व्यवस्था भए पनि मानसिक स्वस्थ्यका क्षेत्रमा हाम्रा उद्देश्य परिपूर्ति भएको नपाइएको बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्ण पौडेलले अहिले भएका नीति तथा रणनीतिलाई पूर्ण कार्यान्वयन गरेर आगामी वर्षको बजेट निर्माण गर्नुपर्ने बताए ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले हरेक १० जनामध्ये आठ जनाले आफूलाई आवश्यक पर्ने मानसिक स्वास्थ्य सेवा प्राप्त गर्न नसकेको बताए ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  १० : १० बजे

अबको निर्वाचनमा एमाले बहुमतका साथ फर्किने छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण, भयरहित र

अफगानिस्तान-पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु

एजेन्सी– गत अक्टोबरमा भएको घातक झडप पछिको पछिल्लो पाकिस्तान–अफगानिस्तानको मुख्य

नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको छ : प्रथम राष्ट्रपति यादव

वीरगञ्ज– नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालले आँखा उपचारमा

चितवनले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबार जारी दोस्रो खेलमा अहिले

वालिङ–हुवास सडक कालोपत्र हुँदै

पर्वत– दक्षिण पर्वतलाई स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र