बंगलादेश पढ्न गएका विद्यार्थीको सामान त्रिभुवन विमानस्थलबाट चोरी « Khabarhub

बंगलादेश पढ्न गएका विद्यार्थीको सामान त्रिभुवन विमानस्थलबाट चोरी


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेश पढ्न गएका विद्यार्थीको सामान त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट चोरी भएको छ ।

मंगलवार दिउँसो हिमालयन एयरलाइन्सको फ्लाइट नम्बर एच ९६७८ मार्फत् ढाका जाने क्रममा नित्या कार्कीको नगदसहित सामान चोरी भएको हो। उनी अध्ययनका लागि बंगलादेश प्रस्थान गरेकी थिइन ।

नेप्लिज मेडिकल स्टुडेन्ट्स बंगलादेशका अध्यक्ष नवीन यादवका अनुसार कार्कीसँगै अन्य विद्यार्थीको लगेजको ताल्चा भाँचिएको अवस्थामा पाइएको छ । ढाकामा पुगेपछि पैसा साट्नेक्रममा लगेज च्यातिएको अवस्थामा भेटिएको विमानस्थलमा भेटिएका विद्यार्थीलाई उदृत गर्दै यादवले बताए ।

उनीहरूले तत्काल स्थानीय प्रहरीलाई खबर गरे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै चोरी भएको हुनसक्ने जवाफ दिएको अध्यक्ष यादवले बताए ।

नेप्लिज मेडिकल स्टुडेन्ट्स बंगलादेशले एक विज्ञप्ति जारी गरी यथाशीघ्र आवश्यक छानबिन गरेर पीडित विद्यार्थीको रकम र सामान हस्तान्तरण गर्न माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘छानबिनमा सहयोग नगरे बंगलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरुले हिमालयन एयरलाइन्सलाई बहिस्कार गर्नेछौँ।’

विज्ञप्तिमार्फत यादवले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित निकायलाई घटनाबारे ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  ६ : ४० बजे

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा

आजदेखि बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ– यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर–चामे