सर्लाहीमा फोनमा कुरा गर्न तीन किलोमिटर यात्रा « Khabarhub

सर्लाहीमा फोनमा कुरा गर्न तीन किलोमिटर यात्रा


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सञ्चार र सूचनाको क्षेत्रमा ठूलो फड्को मारेको नेपालमै फोनमा कुरा गर्न तीन किलोमिटरको यात्रा गर्नुपर्ने अवस्था छ । प्रविधिको युग भनिएको छ । नेपालमै फोरजी सेवा सुरु भइसकेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले देशका कुनाकुनामा दूरसञ्चारसहित फोरजी सेवा पुर्‍याइरहेको भए पनि सर्लाहीका विष्णु गाउँपालिकाका स्थानीयले भने सुलभ रुपमा दूरसञ्चार सेवासमेत लिन पाएका छैनन् ।

केही समयअघि सञ्चार मन्त्रालयले फाइभजी सेवा परीक्षण तत्काल गर्न टेलिकमलाई निर्देशन दिएको खबर सुनेका विष्णु गाउँपालिकावासी अहिले पनि फोन गर्न तीन किलोमिटरको यात्रा पूरा गर्नुपर्ने अवस्था छ ।

विष्णु गाउँपालिकास्थित सिमरा फेनहरावासी आफन्तसँग फोन गर्न तीन किलोमिटरको यात्रा पूरा गर्नुपर्ने बाध्यता छ । नेपाल–भारत सिमावर्ती क्षेत्र विष्णु गाउँपालिकाको अधिकांश गाउँमा कुनै पनि फोन कम्पनीको नेटवर्क आउँदैन ।

कसैसँग फोन सम्पर्क गर्नुपरेमा नेटवर्क आउने स्थान खोज्न मोटरसाइकलमा निस्कनुपर्ने विष्णु गाउँपालिका-५, फोनहराका रंजित रायले बताए । ‘मोबाइल फोन सेवा बिजोक छ । हामीले धेरैलाई भनिसक्यौँ, आजसम्म केही भएन,’ उन्ले भने, ‘केही घटना भयो वा कसैलार्ई फोन गर्नुपरे मोटरसाइकल स्टार्ट गरेर तीन किलोमिटर टाडा जानुपर्छ ।’ कुनै पनि दूरसञ्चार कम्पनीकको सिमले काम नगर्ने उनले बताए ।

शनिवार बिहानै आफन्तसँग फोनमा कुरा गर्नुपर्ने भएपछि नेटवर्क खोज्न मोटरसाइकलमा तीन किलोमिटरको यात्रा तय गरेको स्थानीय वीरेन्द्र साहले बताए । फोन सेवा राम्रो नहुँदा आफ्नो गाउँपालिका जिल्लासगँको सम्पर्क बाहिर रहेको विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादवले बताए ।

‘फोनमा राम्रो कुरा हुँदैन । इन्टरनेटको पहुँच छैन,’उनले भने, ‘फोन सेवा नहुँदा त दिउँसै अन्धकारमा बसेको जस्तो हुन्छ । के गर्नु, आफुले केही गर्न सकिँदैन । टेलिकमदेखि मन्त्रीसम्म गुहारी सकेँ, कुनै उपाय लागेन ।’ यसले गाउँपालिकाको सेवा प्रवाह र जनतासगँको सम्पर्कमा रहनसमेत समस्या भइरहेको अध्यक्ष यादवले बताए ।

फोनको टावर टाडा भएको कारण नेवटर्कको समस्या भएको प्राविधिकहरूको भनाइ छ । गाउँपालिकाकाले पालिकाका कार्यलयको छतमै ल्याएर टावर राखिदिन आग्रह गर्दासमेत सम्बन्धित निकायले ध्यान नदिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जिव सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  १ : ३० बजे

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान