'धार्चे समृद्धिको आधार कृषि र पर्यटन बनाएका छौँ' | Khabarhub Khabarhub

‘धार्चे समृद्धिको आधार कृषि र पर्यटन बनाएका छौँ’

मोबाइल एप्सबाट पनि गाउँपालिकाका केही सेवा लिन सकिन्छ !


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरै जनप्रतिनिधिको सपना आफ्नो गाउँमा धेरै विकास गर्ने हुन्छ । नागरिकले भोट हालेर चुनाव जिताएपछिप उनीहरु सकेसम्म नागरिकका सबै सपना पूरा गर्ने आश्वासन देखाउँछन् । तर वास्तविकता त्यो हुन भने सक्दैन । जितेको समयमा सबै आश्वासन देखाउने नेताहरु जितेपछि भने एकाएक विस्तारै गुमनाम हुन थाल्छन् । यद्यपी सबैमा यो कुरा पनि लागू हुँदैन । आफ्नै तवरबाट काम गर्न रुचाउने जनप्रतिनिधिमध्येका एक हुन्, गोरखाको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ । झण्डै ६ सय ५२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिका सुन्दा विकट लाग्न सक्छ । तर कृषि र पर्यटनको प्रशस्त सम्भावना भएको यो गाउँपालिका सेवा सुविधाका हिसाबले विस्तारै सुगमतर्फ लम्किदो छ । प्रस्तुत छ, गोरखाको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङसँग खबरहबका लागि विद्या लामाले गरेको कुराकानीको सम्पादित अंशः

तपाइले नेतृत्व गरेको साढे ४ वर्षमा गाउँपालिकाको विकासमा सम्झनलायक के के काम गर्नुभयो ? उपलब्धी के के भए ?
मेरो कार्यकालमा मुख्य उपलब्धी भनेको सबै जनतालाई पायक पर्ने ७ वटै वडालाई पायक पर्ने ठाउँमा गाउँपालिका खोल्याँै । जसले गर्दा जनताले अभिभावकत्वको महसुुस गर्न पाए । एक घर, एक धारा अवधारणा थियो । राम्रा समिति बन्न नसकेको कारणले भनेका थियौँ । तर संघीय सरकार र प्रदेश सरकारको समन्वयको अभावमा केही बस्तीमा त्यो पुरा गर्न असमर्थ भयौँ । हामी आइसकेपछि भौगौलिक विकटताका बाबजुद पनि सडक सञ्जाल एउटा वडा बाहेक अन्य तर्फ कच्ची सडक निमार्ण गर्न सफल भएका छौँ । भूगोललाई समेटेर बजेट विनियोजन नभएको कारणले पनि कालोपत्रे गर्ने कुरामा अहिले नै पुरा हुन सक्ने सम्भावना छैन ।

बिजुलीको आपूर्ति कस्तो छ ?
जनप्रतिनिधि भएर आउनु अगाडि दुई तीन वटा बस्तीमा माइक्रो हाइड्रो पावर पुगेको थिएन । कतिपय बस्तीमा भुकम्पपछि माइक्रो हाइड्रो पावरलाई ध्वस्त बनाएको थियो । धार्चे गाउँपालिकालाई लोडसेडिङमुक्त गाउँपालिका बनाउन पर्छ भनेर घोषणा गर्यौ । रेमिट हाइड्रोको नाम दिएर सार्वजनिक तथा निजि लगानीको सहयोगमा आउने असारसम्ममा १० देखि ११ मेघावट विद्युत उत्पादन हुदँै छ ।

कृषि क्षेत्रलाई बजारीकरण गर्ने अवस्था छ कि छैन ?
हाम्रो गाउँपालिकामा बढी मात्रामा उत्पादन हुने भनेको धार्चेको आलु हो । धार्चेको आलु आफैमा बजारमा प्रख्यात छ, रसायनिक मल विना अर्गानिक मलको प्रयोग गरी उत्पादन गर्छौ । तर वर्षा सिजनमा आलु खन्नुपर्दा त्यसलाई कच्ची सडकबाट बजारसम्म पुर्याउन समस्या छ । त्यसलाई कोल्ड स्टोरमा राख्नका लागि तीन चार वटा कोल्ड स्टोरको निमार्ण गरेका छौँ ।

यस गाउँपालिकाका ८५ वटा कृषक समुहहरु दर्ता भएका छन् । सो समुहले विभिन्न बालिका साथै नगदेबालीको रुपमा कफी लगाउन सुरु गरेका छन् । हाम्रो गाउँपालिकाले पनि कफी विरुवा उपलब्ध गराएका छौँ । धार्चे गाउँपालिका पशुका लागि पनि उर्वर छ, जसकारण अर्गानिक ड्राईमिटलाई पनि प्रोत्साहन गरेका छौँ । व्यवसायका रुपमा पशुपालनका लागि बैकंमार्फत तथा लघुवित्त सस्ंथाबाट क्रण उपलब्ध गराएका छौँ ।

प्राकृतिक रुपमा पर्यटकीय सम्भावना बोकेको यो गाउँपालिका हो, यसलाई प्रर्वद्धन गर्न कस्तो कार्यक्रम ल्याउनुभएको छ ?
धार्चे गाउँपालिकाको समृद्धिको आधार भनेको एउटा पर्यटन पनि हो । प्रकृतिको सरंक्षण र प्रर्वद्धनमा धार्चे गाउँपालिका भन्ने मुल नाराका साथ पर्यटनलाई प्राथमिकतामा राखेका छौँ । हाम्रोमा ११ वटा तातोपानी मुल छ । दुई वटा मुललाई कुण्डको रुपमा प्रयोगमा पनि ल्याइसकेका छौँ । न्याली झरना छ । जुन मनास्लु जाने बाटोमा पर्दछ । २० किलोमिटरको साइक्लिङ राखेका छौँ । यहाँको प्राकृतिक मनोरम दृश्य अवलोकन हेदैँ साइक्लिङ गर्न पाउने व्यवस्था गरेका छौँ । जसले गर्दा पर्यटकलाई आकर्षण गर्न सक्छ ।

बेलायतका तत्कालीन राजकुमार ह्यारी आफैँ यस गाउँपालिकामा आएर विद्यालय स्थापना गर्नुभएको थियो । उहाँको नाममा हामीले पनि चम्बु डाडाँलाई ह्यारी हिलले नामाकरण गरेका छौँ । यस्तै ह्यारी पार्क पनि निमार्ण गरेका छौँ । गण्डकी प्रदेशमा पहिलो पटक सगरमाथा चढ्ने आरोहीहरु यस धार्चे गाउँपालिकामा भएकाले हामीले आरोही पार्क निमार्ण गरेका छौँ ।

दोस्रो विश्वयुद्धमा भिक्टोरी क्रस पाउनुभएको थममान गुरुङको गाउँलाई भिसी गाउँ, भिसी पार्क बनाएका छौँ । यो लाप्राक गाउँमा गैरआवासीय नेपाली सघंको सक्रियतामा ५७३ घरहरु निर्माण भएका हुनाले स्थानीय लघु डाडाँलाई शेष नमुना घले हिल भनेर डाडाँको नामाकरण गरेका छौँ । यस्तै आइएनटीए (इन्टरनेश्नल माउण्टेन टुरिजम एलाइन्स ) ६६ देशको संस्था छ । त्यसको सदस्य बन्न सफल भएका छौँ ।

प्राकृतिक रुपमा तथा सांस्कृतिक रुपमा यस गाउँपालिकामा विविध रुपले धनी छ । यहाँ अनौठो खालको संस्कृति मनाइन्छ । जस्तै मकै छर्नु भन्दा अगाडी मकैलाई विधिवत रुपमा पुजा गरिन्छ, यसलाई मकै विवाहको रुपमा लिइन्छ । वर्षेनी यो पर्वका रुपमा मकै विवाहका रुपमा मनाउने गरिन्छ । यस्तै भदौ १ गते आलु खनिन्छ । आलु मेलालाई महोत्सवका रुपमा मनाउने गरिन्छ । जनजातिको बाहुल्यता रहेको यस गाउँपालिकामा घाटु नाच मनाउने गरिन्छ । जसमा ज्युदो देवीका रुपमा घाटुलाई लिने गरिन्छ । नरा नाचँ, लामा नाचँ लयागत धेरै हामीले धार्चेमा आएर हेर्न सकिन्छ, त्यसैले प्राकृतिक तथा कला संग्रहालय धार्चे भनेर पर्यटन ब्राण्ड बनाएको छौँ । धार्चेको मोबाइल एप्सबाट पनि यस गाउँपालिकाको बारेमा थप जानकारी लिन सकिन्छ ।

विद्यालयमा भौतिक संरचनाको अवस्था कस्तो छ ? कति विद्यालयहरु सञ्चालनमा छन् ?
पूर्वाधार क्षेत्र अन्र्तगत धार्चेमा ८ वटा विद्यालयमध्ये मनिका माविमा हामीले एउटा प्लस टू सम्मका विद्यालय स्थापना गरेका छौँ । अहिले उच्च शिक्षाका लागि प्लस टू सम्ममा यहीँबाट अध्ययन गर्न सक्छन् । जसमा पर्यटन व्यवसाय तथा प्राविधिकतर्फ वन विज्ञानको विषयमा अध्ययन भइरहेको छ ।

स्वास्थ्य चौकीको व्यवस्थापन कसरी गरिरहनु भएको छ ? प्रसुति गराउन बाहिर जानु पर्ने अवस्था छ कि ?
म जनप्रतिनिधि भएर आउनु अगाडि स्वाथ्य चौकीमा २ वटा मात्र प्रसृति गृह थियो । अहिले संख्या बढाएर पाँच वटा पुर्याएका छौँ । अझै दुई वटा निमार्णको क्रममा छन् । प्रत्येक घरमा ग्रामीण अल्ट्रा साउण्डका लागि घर घरमा स्वास्थ्यकर्मीको परिचालन गर्ने व्यवस्था मिलाएका छौँ । अहिले सामुदायिक अस्पताल स्वीच संस्थासँग समन्वय गरेर मिलेर जैन भन्ज्याङमा १५ वटा बेड अस्पताल निमार्णधीन छ । सम्भवतः यो असारमा हामी स्वास्थ्य सेवा विस्तार गछौँ त्यसमा एक जना एमबीबीएस डाक्टर राखेर उपचार सेवा दिने कार्यक्रम अगाडि सारेका छौँ । काठमाडौँको एउटा सुविधासम्पन्न अस्पतालसँग सहकार्य गरेर टेलिमेडिसियनको प्रक्रिया पनि अगाडि बढाइरहेका छौँ ।

सामाजिक क्षेत्रमा न्यायसम्पादनको काम कसरी अगाडि बढाउनु भएको छ ?
न्यायसम्पादनको हकमा वडा वडामा मेलमिलाप केन्द्र स्थापना भएको छ । मुद्दाको हकमा अहिले सम्म २५ देखि २६ वटासम्म समाधान गरेका छौँ । यस्तै वडामा रहेका मेलमिलाप केन्द्रका कार्यकर्ताको क्षमता अभिवृद्धिका लागि जिल्ला अदालतको अवलोकन गराएर तथा विभिन्न तालिममा सहभागी गराएका छौँ ।

केन्द्र र प्रदेश सरकारसँग समन्वयको तथा सहकार्य कस्तो पाउनुभयो ?
सविधानले प्रदान गरेको ३ वटा ससस समन्वय ,सहकार्य, सहअस्तित्वको त्यति राम्रोसँग कार्यान्वयन भएको छैन । हाम्रो गाउँपालिका आफैँमा दुरदराजमा भएको गाउँपालिका हो । जसमा बेला बेलामा इन्टरनेट तथा विद्युतको समस्या भइरहन्छ । कहिलेकाँही इन्टरनेटको समस्याले अर्को गाँउपालिकामा गएर विल फस्र्योट गर्न जानु पर्ने अवस्था छ । नेपाल टेलिकमले इन्टरनेट उपलब्ध नगराएको कारण अझै पनि यस गाउँपालिकाको केन्द्रमा इन्टरनेटको कभरेज राम्रो छैन ।

यस्तै टेलिभिजन पनि अझै गोरखा जिल्लामा भनौ सम्पूर्ण बासीले हेर्न पाएका छैनन । हामीले काठमाडौँमा सञ्चारमन्त्रालयमा पटक पटक निवेदन दियौँ । यस्तै प्रधानमन्त्रीज्यूसँग भेटेर पनि यस विषयमा कुरा राख्यौ उहाँले आश्वासन त दिनुभयो । तर कार्यान्वयनमा विलिनै भयो । स्थानीय जनताको प्रत्यक्ष सरोकार राख्ने सुचनाको हकमा त केन्द्रीय सरकारको समन्वयको अभाव देखिएको छ भने अरु अपेक्षा के होला र ?

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  १२ : ३० बजे

प्रधानमन्त्री प्रचण्ड आज हेटौँडा जाँदै

काठमाडौँं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार हेटौँडा जाने भएका छन्।

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

गलेश्वर– विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा सिफारिस

काठमाडौं– सशस्त्र प्रहरी बलका एसएसपी दीपक अधिकारी नायब महानिरीक्षक (डीआईजी)

१० मिनेट नबित्दै नेपाली विषयको प्रश्न पत्र बाहिरिएपछि…

सिरहा– सिरहामा परीक्षा सञ्चालन भएको १० मिनेट नबित्दै परीक्षकको नेपाली विषयको

छ करोडको लागतमा पालिका भवन निर्माण

दमौली– तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ