जीपी कोइराला फाउण्डेसनद्वारा तेक्वान्दो प्रतियोगिताको आयोजना « Khabarhub

जीपी कोइराला फाउण्डेसनद्वारा तेक्वान्दो प्रतियोगिताको आयोजना


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गिरिजाप्रसाद कोइराला फाउण्डेशनले तेक्वान्दो प्रतियोगिताको आयोजन गर्ने भएको छ ।

पूर्वप्रधानमन्त्री स्वर्गीय कोइरालाको १२ औँ स्मृति दिवसको अवसरमा ‘जीपी कोइराला प्रोफेसनल आईटीएफ तेक्वान्दो च्याम्पियनसिप २०२२’ हुन लागेको हो ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी फाउण्डेशनले प्रतियोगिताबारे जानकारी दिएको छ । चैत्र ५ र ६ गते दशरथ रंगशालामा हुने प्रतियोगितामा ७ प्रदेश र २ विभागीय टिमका त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलले सहभागिता जनाउने जनाइएको छ ।

विभिन्न तौल समूहमा खेलाइने प्रतियोगिताका विजेताहरूले ५००, ३०० र २०० अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छन् ।

त्यस्तै, मेडल र प्रमाणपत्र पनि दिइने फाउण्डेशनका युवा तथा खेलकुद विभाग बागमती प्रदेश संयोजक तुलसी थापा मगरले जानकारी दिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ३ : २६ बजे

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय