कतारमा कार चोरीको आरोपमा एक एसियाली नागरिक पक्राउ « Khabarhub

कतारमा कार चोरीको आरोपमा एक एसियाली नागरिक पक्राउ


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारमा कार चोरी गरेको आरोपमा एक जना एसियाली नागरिक पक्राउ परेका छन् ।

कतारको अपराध अनुसन्धान विभागले देशका विभिन्न स्थानबाट कार चोरी गरेको आरोपमा उनलाई पक्रेको हो ।

‘कारहरूबाट सामान चोरी भएको रिपोर्ट पछि, एक विशेष टोली गठन गरिएको थियो, जसले उजुरीहरूको छानबिन गरी अभियुक्त फेला पारेको हो,’ विभागले भनेको छ । सोधपुछ पछि, एसियाली नागरिकता भएका ती व्यक्तिले बन्द वा राम्रोसँग लक नभएका कारहरूलाई लक्षित गरी चोरी गरेको स्वीकार गरेका छन् ।

यहाँको आन्तरिक मामिला मन्त्रालयले मानिसहरूलाई सवारी साधन र भित्रका सामानहरू सुरक्षित गर्न आवश्यक रोकथामका उपायहरू अपनाउन अपिल गरेको छ।

मन्त्रालयले आफ्नो सवारी साधनलाई राम्ररी लक गर्न, कारभित्र देखिने गरी सामानहरू नछोड्न, एकान्त ठाउँमा सवारी साधन पार्किङ नगर्न र कुनै पनि शंकास्पद गतिविधि भए हेल्पलाइन ९९९ मा रिपोर्ट गर्न सबैलाई आग्रह समेत गरेको छ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ८ : ०१ बजे

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

काठमाडौँ– भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

काठमाडौँ – सरकारले बाढीपहिरोका कारण अतिप्रभावित भएका बागलुङका दुई स्थानीय