भारतमा आगलागी हुँदा एक नेपाली बालकको मृत्यु, पाँच घाइते « Khabarhub

भारतमा आगलागी हुँदा एक नेपाली बालकको मृत्यु, पाँच घाइते


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – भारतको हरियाणा हिसारमा भएको आगलागीमा परी अर्घाखाँचीका एक १४ वर्षीय बालकको ज्यान गएको छ ।

हरियाणामा रहेको राम चाट भण्डारमा काम गर्ने अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं. ३ साजवोट निवासी १४ वर्षीय भीमबहादुर मुखियाको ज्यान गएको हो ।

मुखियासहित १० जना नेपाली मजदुरहरूले काम गर्दै आएको चाट भण्डारमा मंगलबार बिहान करिब ५ बजे विद्युत् सर्ट भई आगो लाग्दा सोही पसलमा दुई महिनादेखि काम गर्दै आएका मुखियाको ज्यान गएको छ भने अन्य पाँच नेपाली सामान्य घाइते भएका छन् ।

आगलागीका कारण अन्य कामदार बाहिर निस्कन सफल भएको भए पनि बालक मुखियाबाहिर निस्कन नसकेपछि जलेर ज्यान गएको त्यहाँबाट स्थानीय नारायण न्यौपानेले जानकारी दिए । मृतक मुखियाका बुवा हिमबहादुर मुखिया पनि भारतमा मजदुरी गर्छन् ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ८ : ०९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र