ठाडोभाका खुला प्रतियोगिता : देउकुमारी र अमरध्वजको टोली प्रथम « Khabarhub

ठाडोभाका खुला प्रतियोगिता : देउकुमारी र अमरध्वजको टोली प्रथम


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङमा चैते दसैँको अवसरमा ठाडोभाका खुला प्रतियोगिता आयोजना भएको छ ।

राइनासकोट सामुदायिक होमस्टे व्यवस्थापन समितिको आयोजनामा भएको प्रतियोगितामा दूधपोखरी गाउँपालिका-४ की देउकुमारी गुरुङ महिला टोली र मध्यनेपाल नगरपालिका-१० थान्सिङका ६७ वर्षीय अमरध्वज गुरुङको पुरुष टोलीले प्रथम पुरस्कार पाएको छ ।

अमरध्वज गुरुङ ठाडोभाकाको पहिलो एल्बमनिकाल्ने व्यक्ति हुन् । लामो समय भारतीय सेनामा कार्यरत रहेका उनी निवृत्त जीवनपछि फेरि लोकसंस्कृतिको उत्थानमा सक्रिय भएका छन् ।

प्रतियोगितामा लमजुङकै राइनास नगरपालिका-१० प्यारजुङका किसबहादुर गुरुङको पुरुष टोली र दूधपोखरी गाउँपालिका-४ को भुन्टीमाया तामाङको टोली दोस्रो भएको निर्णायक समितिका संयोजक एवं ठाडोभाका लोककला प्रतिष्ठान नेपालका वरिष्ठ आजीवन सदस्य सीता दुराले बताए । उनका अनुसार दोर्दी गाउँपालिकाकी ६८ वर्षीया जालुमाया गुरुङ र सुन्दरबजार नगरपालिका-८ भेटेओडारका धनबहादुर गुरुङको टोलीले तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।

प्रतियोगितामा दूधपोखरी गाउँपालिका-३ सानोकाभ्रेका हरिबहादुर गुरुङको पुरुष टिम र सुन्दरबजार नगरपालिका-९ पैरेकी मीनाकुमारी गुरुङको महिला टोलीले सान्त्वना स्थान हासिल गर्न सफल भइन् । दुई दिनसम्म चलेको प्रतियोगितामा ९ टिमले भाग लिएका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ९ : ३६ बजे

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा

कांग्रेस सभापतिसहित नवनिर्वाचित पदाधिकारीले आज पदबहाली गर्ने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीले शुक्रबार पदबहाली

बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित

कांग्रेसमा विरासतको पूर्णविराम : सन्तानले थेग्न सकेनन् पितृ भार

काठमाडौं – नेपाली कांग्रेसमा कयौं नेताहरु पारिवारिक विरासत (लिगेसी) का