सिमकोटका किसान परम्परागत बाली छाडेर आलु खेतीर्फ « Khabarhub

सिमकोटका किसान परम्परागत बाली छाडेर आलु खेतीर्फ


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला – पछिल्लो समय हुम्ला सदरमुकाम सिमकोटका किसान परम्परागत बाली छाडेर आलु खेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौ, उवा, फापर, चिसो र कादोभन्दा आलु खेतीमा जोड दिइएको छ । उत्पादन बजारमा सहजै बिक्री हुन थालेपछि किसान आलु खेतीतर्फ आकर्षित भएका हुन् ।

जति फलाए पनि बिक्रीको चिन्ता नभएको यहाँका किसान बताउँछन् । सिमकोटको वडा नं ५ तल्लो गाउँ र वडा नं ६ माथिल्लो गाउँका किसानले आलु खेती मात्रै गर्ने गरेका स्थानीय मुक्ति रावतले बताए । यहाँ बर्खामा मात्र आलु खेती गर्ने चलन छ । यहाँका अधिकांश किसानले आलु उत्पादन गरेर घरखर्च चलाउँदै आएका छन् । सिमकोटमा आलु प्रतिकिलो सिजनमा रु ८० देखि रु १०० सम्ममा तथा अरु समयमा रु १०० देखि रु १५० सम्ममा बिक्री हुने गरेको छ ।

सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रका किसानलाई अहिले आलु रोप्न चटारो छ । खेत खनजोतका साथै आलु उत्पादनका लागि ब्याड बनाउने काममा उनीहरु व्यस्त छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  १ : ०० बजे

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

चितवन– चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते