सिमकोटका किसान परम्परागत बाली छाडेर आलु खेतीर्फ « Khabarhub

सिमकोटका किसान परम्परागत बाली छाडेर आलु खेतीर्फ


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला – पछिल्लो समय हुम्ला सदरमुकाम सिमकोटका किसान परम्परागत बाली छाडेर आलु खेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौ, उवा, फापर, चिसो र कादोभन्दा आलु खेतीमा जोड दिइएको छ । उत्पादन बजारमा सहजै बिक्री हुन थालेपछि किसान आलु खेतीतर्फ आकर्षित भएका हुन् ।

जति फलाए पनि बिक्रीको चिन्ता नभएको यहाँका किसान बताउँछन् । सिमकोटको वडा नं ५ तल्लो गाउँ र वडा नं ६ माथिल्लो गाउँका किसानले आलु खेती मात्रै गर्ने गरेका स्थानीय मुक्ति रावतले बताए । यहाँ बर्खामा मात्र आलु खेती गर्ने चलन छ । यहाँका अधिकांश किसानले आलु उत्पादन गरेर घरखर्च चलाउँदै आएका छन् । सिमकोटमा आलु प्रतिकिलो सिजनमा रु ८० देखि रु १०० सम्ममा तथा अरु समयमा रु १०० देखि रु १५० सम्ममा बिक्री हुने गरेको छ ।

सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रका किसानलाई अहिले आलु रोप्न चटारो छ । खेत खनजोतका साथै आलु उत्पादनका लागि ब्याड बनाउने काममा उनीहरु व्यस्त छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  १ : ०० बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक