भोजपुरमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक फरार  « Khabarhub

भोजपुरमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक फरार 


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर – भोजपुरको रामप्रसादराई गाउँपालिका–५ कावाखोलामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टरमा सवार रामप्रसादराई गाउँपालिका–७ बासिखोराका २० वर्षीय जेबी राई रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल भोजपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

इट्टा लिएर भोजपुरबाट बासिखोरातर्फ गुडिरहेको प्रदेश १–०२–००३ त २२४९ नम्बरको ट्याक्टर मंगलबार राति १० बजे अनियन्त्रित भई सडकबाट अन्दाजी २ सय मिटर तल खसेको थियो ।

ट्याक्टर चालक फरार भएकोले खोजी भइरहेको प्रहरी चौकी मानेभङज्याङले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ११ : ३२ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक