एमाले सरकारका कारण अर्थतन्त्र ध्वस्त भयो भन्नेको मानसिक अवस्था ठिक छैन : ओली « Khabarhub

एमाले सरकारका कारण अर्थतन्त्र ध्वस्त भयो भन्नेको मानसिक अवस्था ठिक छैन : ओली


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारका कारणले अर्थतन्त्र ध्वस्त भएको भन्नेहरूको मानसिक अवस्था ठिक नभएको आरोप लगाएका छन् ।

आज विराटनगर विमानस्थलमा ओलीले अघिल्लो सरकारलाई दोष दिएको भन्दै त्यस्ताहरुको उपचार आवश्यक रहेको बताएका हुन् । ‘९ महिनामा अर्थतन्त्र ध्वस्त पार्ने अनि पहिलेको सरकारले यस्तो गर्यो भन्ने कुरा मानसिक सन्तुलनमा समस्या हो कि भन्ने सन्देह पैदा हुन्छ,’ ओलीले भने।

त्यस्तै ओलीले गठबन्धन दलको सरकार भ्रष्ट भएकोले यसलाई डस्टबिनमा फाल्नुपर्ने बताए । ‘गठबन्धनको भ्रष्ट सरकारलाई एमालेले डस्टबिनमा फाल्छ,’ उनले भने ।

विप्लवलाई देखाएर निर्वाचन सार्ने षड्यन्त्र भएका कारण आफूले सूर्य चिन्हमा चुनाव लड्न अपिल गरेको बताउँदै ओलीले निर्वाचन संविधानअनुसार हुनैपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  २ : ४५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र