एमाले सरकारका कारण अर्थतन्त्र ध्वस्त भयो भन्नेको मानसिक अवस्था ठिक छैन : ओली « Khabarhub

एमाले सरकारका कारण अर्थतन्त्र ध्वस्त भयो भन्नेको मानसिक अवस्था ठिक छैन : ओली


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारका कारणले अर्थतन्त्र ध्वस्त भएको भन्नेहरूको मानसिक अवस्था ठिक नभएको आरोप लगाएका छन् ।

आज विराटनगर विमानस्थलमा ओलीले अघिल्लो सरकारलाई दोष दिएको भन्दै त्यस्ताहरुको उपचार आवश्यक रहेको बताएका हुन् । ‘९ महिनामा अर्थतन्त्र ध्वस्त पार्ने अनि पहिलेको सरकारले यस्तो गर्यो भन्ने कुरा मानसिक सन्तुलनमा समस्या हो कि भन्ने सन्देह पैदा हुन्छ,’ ओलीले भने।

त्यस्तै ओलीले गठबन्धन दलको सरकार भ्रष्ट भएकोले यसलाई डस्टबिनमा फाल्नुपर्ने बताए । ‘गठबन्धनको भ्रष्ट सरकारलाई एमालेले डस्टबिनमा फाल्छ,’ उनले भने ।

विप्लवलाई देखाएर निर्वाचन सार्ने षड्यन्त्र भएका कारण आफूले सूर्य चिन्हमा चुनाव लड्न अपिल गरेको बताउँदै ओलीले निर्वाचन संविधानअनुसार हुनैपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  २ : ४५ बजे

आज २०८३ साल असार ३० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३० गते मंगलबार सन् २०२६

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा

अभिनेत्री केकी अधिकारी भन्छिन् – स्टन्टले देश बन्दैन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन्

शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा

काठमाडौँ । सार्वजनिक सडकमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरिएका

बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रुङ खोलामा आएको