कङ्गोमा ज्यान गुमाएका नेपाली सैनिक गुरुङको शव सेनाको हेलिकप्टरमा सुर्खेतको गुर्माकोट लगियो « Khabarhub

कङ्गोमा ज्यान गुमाएका नेपाली सैनिक गुरुङको शव सेनाको हेलिकप्टरमा सुर्खेतको गुर्माकोट लगियो


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कङ्गोमा विद्रोहोले प्रहार गरेको गोली लागेर शान्ति मिशनमा खटिएका नेपाली सैनिक प्युठ अनिल गुरुङको शवलाई काठमाडौंबाट सेनाको हेलिकप्टरमा सुर्खेतको गुर्माकोट लगिएको छ । नेपाली शान्ति सैनिक प्युठ गुरुङको पार्थिव शरिरलाई अहिले उनको जन्मथलो लगिएको हो।

हिजो काठमाडौँ आइपुगेको उनको शवलाई आज बिहान काठमाडौँको छाउनीमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानसेनापति र राष्ट्र संघका आवासीय प्रतिनिधि रिचर्ड हवार्डले श्रद्धाञ्जली दिएका हुन्।

नेपाली सेनाको झण्डा र राष्ट्र संघको झण्डा ओढाइएको शवलाई सेनाको टुकडीले अन्तिम सम्मान अर्पण गरेको हो ।

त्यस्तै परिवारजनले श्रद्धाञ्जली व्यक्त गरेपछि सेनाको स्थानीय टुकडीले उनलाई अन्तिम सलामी अर्पण गर्ने बताइएको छ । उनको गत मंगलबार निधन भएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ३ : २२ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका