रूपन्देही ११ प्रो क्लब च्याम्पियनसिप क्रिकेटको सेमिफाइनलमा « Khabarhub

रूपन्देही ११ प्रो क्लब च्याम्पियनसिप क्रिकेटको सेमिफाइनलमा


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रूपन्देही ११ प्रो क्लब टी–ट्वान्टी क्रिकेट च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा बुधबार भएको खेलमा पुश स्पोर्टस क्लब दिल्लीसँग ४ विकेटले पराजित भएपनि उच्च रनरेटका आधारमा रूपन्देही सेमिफाइनलमा प्रवेश गरेको हो ।

समुह एको उपविजेता बन्दै रूपन्देही सेमिफाइनलमा पुगेको हो । यता पुश क्लब दिल्ली भने समुह चरण मै रोकियो ।

टस जितेर ब्याटिङ रोजेको रूपन्देहीले निर्धारित २० ओभरमा १ सय ३ रन बनायो । रूपन्देहीका लागि विशाल विक्रम केसीले २९ रन र बसिर अहमदले २८ रन जोडे ।

रुपन्देहीलाई उच्च योगफल बनाउनबाट रोक्न पुश क्लबका स्पर्श, प्रणय प्रसाद, विशेष सारोह, मयंक गुप्ता र हर्षवर्द्धन फोगटले २–२ विकेट लिए ।

१ सय ६ रनको लक्ष्य दिल्लीले १८ ओभरमा ६ विकेट गुमाएर भेटायो । उसका लागि विशेष सरोहले २६ रन र मृगांक पाठकले १९ रन बनाए ।रूपन्देहीका लागि भने विशाल र बिक्रम भुसालले २–२ विकेट तथा रूपेश कुर्मी र बसिर अहमदले १ विकेट लिए । 

यससँगै प्रो क्लब क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । पहिलो सेमिफाइनलमा बिहीबार समुह ए को विजेता मलेसिया ११ र समुह बीको उपविजेता उत्तर प्रदेश ११ बिहान १० बजे आमने सामने हुनेछन् ।

दोस्रो सेमिफाइनलमा समुह बीको विजेता नेपाल आर्मी र समुह एको उपविजेता रूपन्देही ११ दिउँसो २ बजे भिड्नेछन् ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ६ : ०८ बजे

चामे–नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण

गण्डकी– मनाङको चामे गाउँपालिका- ३ र ५ लाई जोड्ने गरी

सुदूरपश्चिमका सांसदसँग छलफल गर्दै प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिहेका छन्।

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा सम्पन्न

झापा– झापामा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ

कप्तानगञ्ज घटनाका घाइते रवीन्द्रको उपचारका क्रममा निधन

काठमाडौँ – सुनसरीको कप्तानगञ्जमा भएको घटनामा गम्भीर घाइते भएका थप

पोडवे यातायातले खोल्न सक्छ नयाँ सम्भावनाको ढोका

काठमाडौँ– काठमाडौँ उपत्यकामा बिहान कार्यालय समय सुरु हुनुअघि नै सडकमा