मिस्टर युनिभर्सका लागि देवा र लामा भारतको पुने प्रस्थान « Khabarhub

मिस्टर युनिभर्सका लागि देवा र लामा भारतको पुने प्रस्थान


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मिस्टर युनिभर्समा भाग लिन नेपालबाट फिटनेश ट्रेनर सुरेश देवा भारतको पुने प्रस्थान गरेका छन् ।

आगामी अप्रिल १५ देखि १७ सम्म पुनेमा मिस्टर युनिभर्स आयोजना हुँदैछ । संसारभरका १ सय ९२ देशबाट सहभागिता रहने मिस्टर युनिभर्समा नेपालबाट सुरेश सहभागि हुने भएका हुन् ।

मिस्टर युनिभर्स एशियामै पहिलोपटक हुन लागेकाले पनि यसको चर्चा बढेको हो । मिस्टर युनिभर्सका लागि देवासँगै मरिस मान लामाको पनि सहभागिता रहने छ । लामाले विल्डिङमा सहभागिता जनाउने छन् भने देवाले मेन्स फिजिक १ सय ७१ सिएम क्याटोगरी मार्फत सहभागिता जनाउने छन् ।

देवाले यसअघि वर्ल्ड च्याम्पियन शिप, आर्नल क्लासिक एशिया, ओलपिया अमाच्युअर, एशियन च्याम्पियन शिप, एशियन विज, नेशनल च्याम्पिनयन शिप २०७५ लगायतमा सहभागिता जनाइसकेका छन् । देवा र लामालाई नेपाल ओलम्पिक कमिटीले पनि एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ७ : ४५ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते

बिहीबारका लागि कुन विदेशी विनिमय दर कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा