स्थानीय तहको निर्वाचनको घोषणापत्र परिमार्जन सहित पारित गर्ने कांग्रेसको निर्णय « Khabarhub

स्थानीय तहको निर्वाचनको घोषणापत्र परिमार्जन सहित पारित गर्ने कांग्रेसको निर्णय


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको घोषणापत्र परिमार्जन सहित पारित गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले घोषणापत्रका बिषयमा छलफल गर्दै सदस्यहरुले दिएको सुुझावका आधारमा आवश्यक परिमार्जन गर्दै घोषणापत्र पारित गर्ने निर्णय गरेको प्रवक्ता डा प्रकाश शरण महत्तले जानकारी दिए।

त्यस्तै कांग्रेसको समानुपातीकको बन्दसूचीमा रहेकाहरु स्थानीय निकायमा उम्मेद्वार बन्न रुची देखाएकाले बन्द सूचीबाट नाम हटाउनका लागि निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय भएको उनले बताए।

त्यस्तै बैठकले महानगर र उपमहानगरको प्रमुख तथा उपप्रमुखको केन्द्रीय गठबन्धन र जिल्लाले नगरपालिका र गाउँपालिकाका गठबन्धनको उमेदवारको टुङ्गो लगाई वैशाख ३ गते भित्र नाम पठाउन भनिएको उनले बताए ।

उनले स्थानीय तहमा उम्मेद्वार चयनका लागि तय भएको मापदण्डलाई मध्यनजर गर्दै आवश्यक निर्णय हुने जानकारी दिए।

https://www.facebook.com/khabarhubofficial/videos/1124310024807421

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ८ : १४ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका