आर्मीले उचाल्यो मकवानपुर गोल्डकपको उपाधि | Khabarhub Khabarhub

आर्मीले उचाल्यो मकवानपुर गोल्डकपको उपाधि


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– घरेलु टोली विजय यूथ क्लबलाई हराउँदै मकवानपुर गोल्डकपको उपाधि उचालेको छ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा सम्पन्न चौथो स्थानीय तह शहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकको उपाधि आर्मीले जितेको हो ।

हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सोमबार भएको फाइनल भिडन्तमा आर्मीले घरेल टोली विजय यूथलाई २–१ गोलअन्तरले हराउँदै उपाधी जितेको हो । आर्मीले यसअघिको संस्करणमा पनि घरेलु टोलीलाई हराउँदै उपाधी जितेको थियो । आर्मीको लागि कप्तान भरत खवासले खेलको १४ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

खेलको २५ औं मिनेटमा विजय यूथका डोना थापाले पेनाल्टी मार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । आर्मीका डिफेन्डरले पेनाल्टी क्षेत्रमा विजय युथका विमल रानालाई लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै डोना थापाले खेललाई बराबरीमा ल्याएका हुन् ।

५० औं मिनेटमा आर्मीका कमलबहादुर थापाले गोल गर्दै टिमको अग्रता दोब्बर बनाएका थिए । खेलको ५५ औं मिनेटमा आर्मीले पेनाल्टीको अवसर पाएको थियो । विजय युथका कप्तान तथा गोलरक्षक अशोक बरालले आर्मीका सन्तोष केसीलाई लडाएपछि आर्मीले पेनाल्टी पाएको थियो । पाएको पेनाल्टी दिनेश हेन्जनले गोल गर्न नसक्दा आर्मी अग्रता बढाउनबाट चुक्यो ।

उपाधि जितेसँगै आर्मीले १५ लाख रुपैयाँसहित ट्रफी प्राप्त ग¥यो । विजय यूथले भने १० लाख रुपैयाँमा नै चित्त बुझाउन बाध्य भएको छ । जेठ १९ गतेबाट सुरु भएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो । आर्मीले क्यामरुनको एभिनियर एफसी र विजय यूथले नेपाल पुलिस क्लबलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  १० : २१ बजे

एभरेस्ट महिला भलिबलको उपाधि कर्णालीलाई

काठमाडौँ- एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली याश्विसले जितेको छ।

सबै स्थानीय तहमा युवा परिषद् गठन गर्न आग्रह

काठमाडौँ- राष्ट्रिय युवा परिषद्ले सबै स्थानीय तहलाई ‘स्थानीय युवा परिषद्’

विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्न कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाउनुपर्छ: माधवकुमार नेपाल

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले देशमा कम्युनिष्ट आन्दोलनलाई

मन्त्री घिसिङद्वारा बाग्मती ‘करिडोर’ क्षेत्रको ढल व्यवस्थापन र सडक स्तरोन्नतिबारे निरीक्षण

काठमाडौँ- सहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौँको पूर्वीक्षेत्रस्थित बाग्मती नदी करिडोर

शान्तिसुरक्षा सुदृढ गर्न सुरक्षा निकायलाई मधेशका मुख्यमन्त्री यादवको निर्देशन

जनकपुर- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले हालको बिग्रँदो राजनीतिक अवस्थामा