श्रीलङ्काका राष्ट्रपति राजापाक्षे देश छोडेर भागे « Khabarhub

श्रीलङ्काका राष्ट्रपति राजापाक्षे देश छोडेर भागे


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षे देश छोडेर भागेका छन् । सर्वसाधरणको विरोधपछि ७३ वर्षका राष्ट्रपति राजापाक्षे देश छोडेर भागेका हुन् ।

उनी स्थानीय समय अनुसार राति ३ बजेतिर माल्दिभ्सको राजधानी माले पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् ।

राजपाक्षेको विदाईले श्रीलङ्कामा दशकौंसम्म शासन गर्ने पारिवारिक वंशको अन्त्य भएको मिडियाले उल्लेख गरेका छन् ।

गत शनिबार राष्ट्रपति निवासमा प्रदर्शनकारीले आक्रमण गरेपछि राजापाक्ष लुकेर बसेका थिए । उनका भाइ पूर्व अर्थमन्त्री बसिल राजापाक्षे पनि देश छाडेको बीबीसीले खबर लेखेको छ ।

उनी अमेरिका जानेक्रममा रहेको समाचारमा उल्लेख छ । आर्थिक संकट चुलिँदै गएपछि त्यहाँ प्रदर्शनकारीको आक्रोश राजापाक्षे परिवारमाथि पोखिएको छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ६ : १७ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु