श्रीलङ्काका राष्ट्रपति राजापाक्षे देश छोडेर भागे | Khabarhub Khabarhub

श्रीलङ्काका राष्ट्रपति राजापाक्षे देश छोडेर भागे


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षे देश छोडेर भागेका छन् । सर्वसाधरणको विरोधपछि ७३ वर्षका राष्ट्रपति राजापाक्षे देश छोडेर भागेका हुन् ।

उनी स्थानीय समय अनुसार राति ३ बजेतिर माल्दिभ्सको राजधानी माले पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् ।

राजपाक्षेको विदाईले श्रीलङ्कामा दशकौंसम्म शासन गर्ने पारिवारिक वंशको अन्त्य भएको मिडियाले उल्लेख गरेका छन् ।

गत शनिबार राष्ट्रपति निवासमा प्रदर्शनकारीले आक्रमण गरेपछि राजापाक्ष लुकेर बसेका थिए । उनका भाइ पूर्व अर्थमन्त्री बसिल राजापाक्षे पनि देश छाडेको बीबीसीले खबर लेखेको छ ।

उनी अमेरिका जानेक्रममा रहेको समाचारमा उल्लेख छ । आर्थिक संकट चुलिँदै गएपछि त्यहाँ प्रदर्शनकारीको आक्रोश राजापाक्षे परिवारमाथि पोखिएको छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ६ : १७ बजे

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा – माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल

गगन थापा भन्छन् : शिक्षकले राजनीतिक आस्था विद्यालयको ढोका बाहिर राख्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकले राजनीतिक आस्थालाई

रवि थुनिएको नख्खुका जेलरको डोल्पामा सरूवा

काठमाडौं – गृहमन्त्रालयले ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा गरेको छ

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए

काठमाडौं – गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा प्रमुख जिल्ला अधिकारी