मोटरसाइकल एकापसमा ठोक्किँदा एक जना चालकको मृत्यु « Khabarhub

मोटरसाइकल एकापसमा ठोक्किँदा एक जना चालकको मृत्यु


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीमा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।

गौरीगङ्गा नगरपालिका–९ शङ्करपुरमा गए राति सुपप्र ०१–००९ प ७८९१ र से७प ११४७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा से७प ११४७ नम्बरको मोटरसाइकलका चालक रामअवतार कठरियाको मृत्यु भएको हो । उनको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही मोटरसाइकलमा सवार कैलारी गाउँपालिका–८ का २० वर्षीय आशिष कठरियाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनामा सुपप्र ०१–००९ प ७८९१ नम्बर मोटरसाइकलका चालक गौरीगङ्गा–९ शङ्करपुरका २७ वर्षीय रमेश चौधरी पनि घाइते भएका छन् । चौधरीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जनकारी दिए ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ९ : ५० बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल