रुस-युक्रेन खाद्यन्न वार्ता इस्तानबुलमा हुने | Khabarhub Khabarhub

रुस-युक्रेन खाद्यन्न वार्ता इस्तानबुलमा हुने


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसी र युक्रेनी अधिकारीहरूले बुधबार इस्तानबुलमा खाद्यान्नसम्बन्धी वार्ता गर्ने भएका छन् । रुस र युक्रेनबीचको युद्धका कारण खाद्यान्नको मूल्य विश्वव्यापी बढिरहेका बेला बुधबार दुई देशका प्रतिनिधिले टर्कीको इस्तानबुलमा बार्ता गर्न लागेका हुन् । रुसले आफ्नो लाखौँ टन खाद्यान्न चोरेको किभले मस्कोमाथि आरोप लगाउँदै आएको छ ।

गहुँ र अन्य अन्नका लागि युक्रेन विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता हो । तर, ब्ल्याक सीमा रूसी युद्धपोतले युक्रेनी ढुवानी अवरुद्ध गरेको छ । अत्यावश्यक खाद्यान्न व्यापार पुनः सुरु गर्ने प्रयास स्वरुप टर्कीले वार्ता आयोजना गरेको हो । वार्तामा संयुक्त राष्ट्र संघको प्रतिनिधिमण्डल पनि सहभागी हुनेछन् ।

पछिल्ला समयमा युक्रेनविरुद्ध बढी आक्रामक भएको छ । पूर्वी युक्रेनको दोनेत्स्क क्षेत्रलाई रुसी सेनाले निशाना बनाएका छन् । पूर्वी युक्रेनको खेर्सानमा युक्रेनले रुसी हतियार भण्डारलाई ध्वस्त पारेको छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  १२ : २४ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

आज २०८२ साल भदौ ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा – माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल