पोषण भत्ता नपाएको सिमकोटका सुत्केरीकाे गुनासो « Khabarhub

पोषण भत्ता नपाएको सिमकोटका सुत्केरीकाे गुनासो


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट– हुम्लाको सिमकोट गाउँपालिकाका सुत्केरीले पोषण भत्ता नपाएको गुनासो गरेका छन् । सिमकोट–१, २, ३, ४, ७ र ८ का १०५  सुत्केरीले आफूहरू कर्णाली प्रदेश सरकारले उपलब्ध गराउँदै आएको कर्णाली पोषण प्याकेज भत्ता पाउनबाट वञ्चित भएको जनाएका छन् । 

स्वास्थ्य संस्थामा सुत्केरी भएबापत  प्रदेश सरकारले प्रत्येक सुत्केरीलाई दुई हजार भत्ता उपलब्ध गराउँदै आएको छ । सिमकोट गाउँपालिकाका स्वास्थ्य संस्थामा सुत्केरीको सङ्ख्या बढी र प्रदेशले छुट्याएको रकम कम भएका कारण उनीहरु भत्ता पाउनबाट वञ्चित भएका जनाइएको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ को प्रदेशबाट उपलब्ध गराउँदै आएको सो भत्ता आथिक वर्षको अन्तसम्म पनि नपाएपछि उनीहरूले गुनासो गरेका हुन् । स्थानीय गीता परियारले स्वास्थ्य संस्थामा सुत्केरी भए मार्फतको तीन हजार सङ्घ सरकारको ससर्त अनुदान मार्फतको रकम आफूले प्राप्त गरेको भएपनि प्रदेश सरकारले कर्णाली पोषण प्याकेज भनेर छुट्याएको रकम नपाएको बताए । 

यसभन्दा पहिले उक्त रकम स्वास्थ्य सेवा कार्यालयमा आउने र यो वर्षबाट प्रदेशले गाउँपालिका मातहतमा पठाउने गरेको हुँदा स्वास्थ्यकर्मी आफैँ अन्यौलमा परेका छन् । स्वास्थ्य संस्थामा सुत्केरी हुनेको सङ्ख्या बढी भएका कारण प्रदेश सरकारले छुट्याएको रकम अपुग भएको हुँदा भत्ता दिन नसकिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नर भण्डारीले बताए । 

उक्त भत्ताका लागि यही असार २० गते रु ९२ हजार निकासा भइसकेको तर उक्त रकम पर्याप्त नभएपछि पुनः बजेट माग गरेको उनको भनाइ छ । तर प्रदेशबाट माग स्वीकृत नभएपछि समस्या भएको उनको भनाइ छ ।

जिल्लाका सात गाउँपालिकामध्ये चङ्खेलीमा एक लाख ५० हजार, ताँजाकोटमा ६ लाख, नाम्खामा तीन लाख रकम निकासी भई वितरणको प्रक्रियामा रहेको स्वास्थ्यकर्मीहरूले जनाएका छन् ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  १२ : ४३ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल