हेटौँडामा पशुपालनमा प्रोत्साहन कार्यक्रम सञ्चालन  « Khabarhub

हेटौँडामा पशुपालनमा प्रोत्साहन कार्यक्रम सञ्चालन 


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले उपमहानगरलाई माछामासुमा आत्मनिर्भर बनाउन र किसानलाई समृद्ध बनाउन पशुपालन प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रम चालु आर्थिक वर्षमा सञ्चालन भइरहेको र आगामी आर्थिक वर्षमा पनि निरन्तर रहने उपमहानगरले जनाएको छ । 

उपमहानगरले पशुपालक किसानलाई लक्षित गरेर विभिन्न क्षेत्रमा अनुदान रकम उपलब्ध गराएको छ । चालु आर्थिक वर्षमा यहाँका किसानलाई पशुपालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको जनाइएको छ । पशुपक्षी विकास तर्फ किसानसँगको लागत साझेदारीमा साना किसान सहयोग कार्यक्रम अन्तर्गत ४० जना किसानलाई ‘काउ म्याट’ वितरण गरिएको उपमहानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख गङ्गा चौलागाईंले बताए ।

यसैगरी पाडापाडी अनुदानअन्तर्गत १५ वटा समूहलाई ३००  वटा वितरण गरिएको छ । युवा लक्षित अनुदानअन्तर्गत १० वटा फार्मलाई एक लाखका दरले वितरण गरिएको उनले बताए । यसैगरी माछा तथा हाँसपालन अनुदान ९ वटा फार्मलाई वितरण गरिएको छ । बङ्गुरपालन अनुदानअन्तर्गत १७ समूहलाई पाठापाठी वितरण तथा व्यावसायिक फार्म प्रोत्साहन कार्यक्रम १० गरी जम्मा १०१ किसानलाई अनुदान उपलब्ध गराइएको उनले बताए ।

विगत वर्षदेखि सञ्चालन हुँदै आएको पशुको कृत्रिम गर्भाधान कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा १२ हजार पशुमा सेवा उपलब्ध गराइएको छ । उपमहानगरका ४ वटा सेवा केन्द्रमार्फत पशुमा लाग्ने विविध रोगका लागि आवश्यक औषधिहरू निःशुल्क वितरण गरिनुका साथै मौसम अनुसारको घाँसको बीउ सेवा केन्द्रमार्फत वितरण भइरहेको छ ।

पशुमा आकस्मिक रुपमा लाग्ने खोरेत, पीपीआर, भ्यागुते रोगको नियन्त्रणको लागि खोप लगाउने कार्य आवश्यकता अनुसार निरन्तर हुँदै आएको छ । संघीय सरकारको सशर्त अनुदानबापत उपलब्ध भएको  ‘मासु मिसन’ कार्यक्रम अन्तर्गत विभिन्न १३ किसान समूहलाई १३० वटा पाडा वितरण गरिएको छ । साथै, ‘मिटमार्ट’ निर्माण कार्यका लागि माछामासु व्यवसायी सङ्घसँगको सहकार्यमा पशु वधशाला निर्माण कार्य चालु अवस्थामा रहेको छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  २ : ४५ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।