हेटौँडामा पशुपालनमा प्रोत्साहन कार्यक्रम सञ्चालन  | Khabarhub Khabarhub

हेटौँडामा पशुपालनमा प्रोत्साहन कार्यक्रम सञ्चालन 


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले उपमहानगरलाई माछामासुमा आत्मनिर्भर बनाउन र किसानलाई समृद्ध बनाउन पशुपालन प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रम चालु आर्थिक वर्षमा सञ्चालन भइरहेको र आगामी आर्थिक वर्षमा पनि निरन्तर रहने उपमहानगरले जनाएको छ । 

उपमहानगरले पशुपालक किसानलाई लक्षित गरेर विभिन्न क्षेत्रमा अनुदान रकम उपलब्ध गराएको छ । चालु आर्थिक वर्षमा यहाँका किसानलाई पशुपालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको जनाइएको छ । पशुपक्षी विकास तर्फ किसानसँगको लागत साझेदारीमा साना किसान सहयोग कार्यक्रम अन्तर्गत ४० जना किसानलाई ‘काउ म्याट’ वितरण गरिएको उपमहानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख गङ्गा चौलागाईंले बताए ।

यसैगरी पाडापाडी अनुदानअन्तर्गत १५ वटा समूहलाई ३००  वटा वितरण गरिएको छ । युवा लक्षित अनुदानअन्तर्गत १० वटा फार्मलाई एक लाखका दरले वितरण गरिएको उनले बताए । यसैगरी माछा तथा हाँसपालन अनुदान ९ वटा फार्मलाई वितरण गरिएको छ । बङ्गुरपालन अनुदानअन्तर्गत १७ समूहलाई पाठापाठी वितरण तथा व्यावसायिक फार्म प्रोत्साहन कार्यक्रम १० गरी जम्मा १०१ किसानलाई अनुदान उपलब्ध गराइएको उनले बताए ।

विगत वर्षदेखि सञ्चालन हुँदै आएको पशुको कृत्रिम गर्भाधान कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा १२ हजार पशुमा सेवा उपलब्ध गराइएको छ । उपमहानगरका ४ वटा सेवा केन्द्रमार्फत पशुमा लाग्ने विविध रोगका लागि आवश्यक औषधिहरू निःशुल्क वितरण गरिनुका साथै मौसम अनुसारको घाँसको बीउ सेवा केन्द्रमार्फत वितरण भइरहेको छ ।

पशुमा आकस्मिक रुपमा लाग्ने खोरेत, पीपीआर, भ्यागुते रोगको नियन्त्रणको लागि खोप लगाउने कार्य आवश्यकता अनुसार निरन्तर हुँदै आएको छ । संघीय सरकारको सशर्त अनुदानबापत उपलब्ध भएको  ‘मासु मिसन’ कार्यक्रम अन्तर्गत विभिन्न १३ किसान समूहलाई १३० वटा पाडा वितरण गरिएको छ । साथै, ‘मिटमार्ट’ निर्माण कार्यका लागि माछामासु व्यवसायी सङ्घसँगको सहकार्यमा पशु वधशाला निर्माण कार्य चालु अवस्थामा रहेको छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  २ : ४५ बजे

नेपालको निर्यातमा ऐतिहासिक वृद्धि : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा ऐतिहासिक वृद्धि भएको

डाक्टरको मनपरी विज्ञापन, नियामक निकाय गर्दैन अनुगमन

काठमाडौं– सरकारी तथा गैरसरकारी चिकित्सकले आफ्नो विज्ञापन गर्न पाउँदैनन् ।

चालीस अर्ब बढीको मोबाइल र ल्यापटप आयात

काठमाडौं– गत आर्थिक वर्ष (आव) ०८१–०८२ मा नेपालमा ४० अर्ब

गत वर्ष २४ करोड बढीको भित्रियो कण्डम

काठमाडौं– गत आर्थिक वर्ष (आव) ०८१–०८२ मा नेपालमा पुरुषले गर्भनिरोधका

आम्दानीको स्रोत ‘अकबरे’ खुर्सानी

भोजपुर- अकबरे खुर्सानी यहाँ किसानको आम्दानीको स्रोत बनेको छ ।