श्रीलङ्काका राष्ट्रपति माल्दिभ्समा  « Khabarhub

श्रीलङ्काका राष्ट्रपति माल्दिभ्समा 


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्ष बुधबार माल्दिभ्सको भेलाना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

माल्दिभियाली सञ्चारमाध्यमलाई उद्धृत गर्दै राष्ट्रपति गोटाबाया राजापाक्ष आफ्नी पत्नी र एक अंगरक्षकसँग एन्टोनोभ–३२ सैन्य विमानमा माल्दिभ्स गएको प्रधानमन्त्रीको कार्यालय स्रोतलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

राजपाक्षले सोमबार आफ्नो राजीनामा पत्रमा हस्ताक्षर गरेका र उक्त राजीनामा पत्र सभामुखलाई बुझाइने र राष्ट्रपतिको राजीनामाको औपचारिक घोषणा संसदबाट गरिने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए ।

यसैबिच श्रीलङ्काका प्रधानमन्त्री रानिल विक्रमसिङ्घेले बुधबार आपत्कालीन अवस्थाको घोषणा गरेका छन् ।

माल्दिभ्समा राष्ट्रपति गोटाबाया राजपाक्ष गएको खबरपछि सम्भावित हिंसात्मक गतिविधिलाई मध्यनजर गर्दै देशको पश्चिमी प्रान्तमा कर्फ्यू लगाइएको छ ।

प्रधानमन्त्री विक्रेमेसिङ्घेको निवासबाहिर तैनाथ सुरक्षाकर्मीहरूले अश्रु ग्यास प्रयोग गरी प्रदर्शनकारीलाई तितरबितर पारेको समाचारहरूमा जनाइएको छ । विक्रेमेसिङ्घेले दङ्गा मच्चाउनेहरूलाई गिरफ्तार गर्ने ठाडो आदेश पनि दिएको श्रीलङ्काको डेली मिरर पत्रिकाले जनाएको छ ।

श्रीलङ्काको विदेश मन्त्रालयका एक पूर्व सल्लाहकारले भने, “हामी प्रधानमन्त्रीको पनि राजीनामा चाहन्छौँ किनकि राष्ट्रपतिले राजीनामा दिएमा हाम्रो संविधानअनुसार प्रधानमन्त्री कार्यवाहक राष्ट्रपति बन्ने छन् । नागरिकले उनीहरू दुवै असफल भएको देखिसकेका छन् । उनीहरू दुवै पदच्युत हुनुको विकल्प छैन ।”

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ४ : १० बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी