वर्तमान सरकारको एक वर्ष पुरै असफल भयो : पद्मा अर्याल « Khabarhub

वर्तमान सरकारको एक वर्ष पुरै असफल भयो : पद्मा अर्याल


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले) की सचिव पदमा अर्यालले वर्तमान सरकार पुरै असफल भएको बताएकी छिन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा उनले एक वर्षको बीचमा सरकारले गरेको एउटा पनि राम्रो काम नभेटिएको र जताततै बेथिति मात्रै रहेकाले सरकार पुरै असफल भएको बताएकी हुन्।

उनले वर्तमान सरकार राष्ट्रियता र अर्थतन्त्रको हिसाबले पनि असफल भएको दाबी गरिन् । त्यस्तै उनले वर्तमान पाँच दलीय गठबन्धनलाई स्वार्थको मिलन मात्रै भएको आरोप लगाइन्।

मुलुक अहिले पुरै अँध्यारो सुरुङभित्र गइरहेको पनि टिप्पणी गर्दै उनले विलम्ब नगरीकन गठबन्धनको विकल्प खोज्ने बेला भएको धारणा राखिन् । सरकारले हिजो आफू सरकारमा नहुँदा प्रतिगमन देखेको संवैधानिक परिषद्सम्बन्धी ऐन अहिलेको सरकारले राष्ट्रियसभामा दर्ता गराएको पनि उनले बताइन् ।

अर्यालले नागरिकताको सवालमा समान खालको हैसियत दुवै मुलुकमा रहने कुराको अन्त्य गर्नुपर्छ भन्ने कुरा आफूहरूको कुरा भएको पनि उल्लेख गरिन्।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ६ : २४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै