बागमती प्रदेशसभा बैठक : पाँच अध्यादेशलाई स्वीकृति « Khabarhub

बागमती प्रदेशसभा बैठक : पाँच अध्यादेशलाई स्वीकृति


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – बागमती प्रदेशसभाको आजको बैठकले पाँचवटा अध्यादेशलाई स्वीकृति प्रदान गरेको छ । दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक एक घण्टा ढिलो गरी बसेको थियो । बैठकले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, ‘स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ र ‘विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ स्वीकृति प्रदान गरेको हो । 

त्यस्तै बैठकले ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ र ‘प्रदेश युवा परिषद् ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ स्वीकृति प्रदान गरेको छ । यस्तै आजको बैठकमा प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयको सम्बन्धमा समितिले गरेको निर्णयको प्रतिवेदन पेश गरेका थिए । बैठकमा प्रदेशसभाको सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

शून्य समयमा सांसदहरूले आ–आफ्नो धारणा राखेका थिए । शून्य समयमा सत्तापक्षका पाँच जना र प्रतिपक्षका सात जनाले प्रदेश र राष्ट्रको वर्तमान अवस्थाका बारेमा  धारणा व्यक्त गरेका थिए । बैठकमा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, निवर्तमान मुख्यमन्त्री एवं एमाले बागमती प्रदेशकी संसदीय दलको नेता अष्टलक्ष्मी शाक्य, प्रदीपकुमार कटुवाल, शान्तिप्रसाद पौडेल, जुनेलीमाया श्रेष्ठ र देवकी श्रेष्ठ र विवेकशील साझा पार्टीका तीनमध्ये दलका नेता रमेश पौड्याल गरी सात जना प्रतिपक्षका सांसदहरू मात्रै उपस्थित थिए  ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको बैठक अनिश्चितकालका लागि स्थगन भएको घोषणा गरेका थिए । 

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ७ : १७ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी