डेङ्गुबारे सचेतना अभियान सुरु « Khabarhub

डेङ्गुबारे सचेतना अभियान सुरु


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बलेवा – बागलुङको गलकोटमा डेङ्गु रोगबारे सचेतना कार्यक्रम सुरु भएको छ । पछिल्लो समय जुनसुकै स्थानमा पनि डेङ्गु देखिन थालेपछि स्वास्थ्यकर्मी र सरोकारवालाको अगुवाइमा डेङ्गुबारे सचेतना अभियान सुरु भएका हुन् ।

लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण भएमा बिरामीको मृत्युसमेत हुने जोखिम भएकाले सतर्कता आवश्यक पर्ने स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले बताए । 

सोमबार स्वास्थ्य कार्यालय हटिया, उद्योग वाणिज्य संघ गलकोट, महिला स्वास्थ्य स्वयंसेविका, गैरसरकारी संस्थासमेतको सहभागितामा बजार क्षेत्रमा डेङ्गुबारे सचेतना  र्‍यालीसमेत सञ्चालन भएको थियो । जथाभावीरुपमा थुपारिएका गाडीका टायर व्यवस्थापन, सरसफाइ गर्न, पानी जम्न नदिनेलगायतका सुझाव दिएर बजारवासीलाई सचेत बनाइएको स्वास्थ्य कार्यालय हटियाका प्रमुख दिलु सुवेदीले बताए । 

यो अभियानमा सुआहारा परियोजनाका स्वास्थ्य कार्यकर्ताले पनि साथ दिएका थिए । डेङ्गु लागेमा उच्च ज्वरो, रुघाखोकीसमेतका लक्षण देखिने गर्छ । कतिपयलाई परीक्षण गर्दा डेङ्गु पुष्टिसमेत भइसकेकाले अभियानका रुपमा सचेतना गर्नुपरेको स्वास्थ्यकर्मीले बताए । 

डेङ्गुविरुद्ध स्वास्थ्य कार्यालयले दशवटै पालिका र सबै स्वास्थ्यचौकीका प्रमुख र अन्य स्वास्थ्यकर्मीलाई तालिमसमेत दिएको थियो । साथै उनीहरूकै अगुवाइमा सचेतना कार्यक्रम सञ्चालन गर्न पनि लगाएको हो ।

रगत जाँचपछि मात्र डेङ्गु पत्ता लगाउन सकिने भएकाले पालिका तहमा पनि आवश्यक किट पठाइएको घिमिरेले जानकारी दिए । सजिलै सर्ने भएकाले सतर्कता अपनाउन सचेतना कार्यक्रम सञ्चालन गर्नुपरेको उनले बताए । 

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  १ : ५२ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ