डेङ्गुबारे सचेतना अभियान सुरु « Khabarhub

डेङ्गुबारे सचेतना अभियान सुरु


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बलेवा – बागलुङको गलकोटमा डेङ्गु रोगबारे सचेतना कार्यक्रम सुरु भएको छ । पछिल्लो समय जुनसुकै स्थानमा पनि डेङ्गु देखिन थालेपछि स्वास्थ्यकर्मी र सरोकारवालाको अगुवाइमा डेङ्गुबारे सचेतना अभियान सुरु भएका हुन् ।

लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण भएमा बिरामीको मृत्युसमेत हुने जोखिम भएकाले सतर्कता आवश्यक पर्ने स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले बताए । 

सोमबार स्वास्थ्य कार्यालय हटिया, उद्योग वाणिज्य संघ गलकोट, महिला स्वास्थ्य स्वयंसेविका, गैरसरकारी संस्थासमेतको सहभागितामा बजार क्षेत्रमा डेङ्गुबारे सचेतना  र्‍यालीसमेत सञ्चालन भएको थियो । जथाभावीरुपमा थुपारिएका गाडीका टायर व्यवस्थापन, सरसफाइ गर्न, पानी जम्न नदिनेलगायतका सुझाव दिएर बजारवासीलाई सचेत बनाइएको स्वास्थ्य कार्यालय हटियाका प्रमुख दिलु सुवेदीले बताए । 

यो अभियानमा सुआहारा परियोजनाका स्वास्थ्य कार्यकर्ताले पनि साथ दिएका थिए । डेङ्गु लागेमा उच्च ज्वरो, रुघाखोकीसमेतका लक्षण देखिने गर्छ । कतिपयलाई परीक्षण गर्दा डेङ्गु पुष्टिसमेत भइसकेकाले अभियानका रुपमा सचेतना गर्नुपरेको स्वास्थ्यकर्मीले बताए । 

डेङ्गुविरुद्ध स्वास्थ्य कार्यालयले दशवटै पालिका र सबै स्वास्थ्यचौकीका प्रमुख र अन्य स्वास्थ्यकर्मीलाई तालिमसमेत दिएको थियो । साथै उनीहरूकै अगुवाइमा सचेतना कार्यक्रम सञ्चालन गर्न पनि लगाएको हो ।

रगत जाँचपछि मात्र डेङ्गु पत्ता लगाउन सकिने भएकाले पालिका तहमा पनि आवश्यक किट पठाइएको घिमिरेले जानकारी दिए । सजिलै सर्ने भएकाले सतर्कता अपनाउन सचेतना कार्यक्रम सञ्चालन गर्नुपरेको उनले बताए । 

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  १ : ५२ बजे

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन