जबराले बयानमा मुछेका नाम सबैलाई बोलाउने महाअभियोग सिफारिस समितिको निर्णय  | Khabarhub Khabarhub

जबराले बयानमा मुछेका नाम सबैलाई बोलाउने महाअभियोग सिफारिस समितिको निर्णय 


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा मुछेका पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, अधिवक्ता, राजनीतिज्ञलाई सोधपुछका लागि बोलाउने निर्णय गरेको छ ।

मंगलबार बसेको समिति बैठकले जबराले बयानका क्रममा नाम मुछेका व्यक्तिलाई आवश्यकताका आधारमा बोलाउने निर्णय गरेको हो । जबराले बयानका क्रममा ठेक्कापट्टा, भ्रष्टाचार, अनियमितता, घुस खोरी, भनसुन, न्याय सम्पादनमा प्रभावसहितका विषयमा उल्लेख गरेका व्यक्तिलाई समितिले बोलाउने निर्णय गरेको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए ।

जबराले एमाले अध्यक्ष केपी ओली, एमाले उपाध्यक्ष विष्णु पौडेल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, सर्वाेच्च्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की, बार पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ, वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिवक्ता ओमप्रकाश अर्यालसहितको नाम मुछेका थिए । जबरासँग समितिले आजै बयान लिएर सक्ने तयारी गरेको छ ।

गत १ फागुनमा कांग्रेस र माओवादी केन्द्रका सांसदले जबराविरुद्ध महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए । उक्त प्रस्ताव दर्ता भएसँगै निलम्बनमा परेका जबरासँग समितिले बयान लिने क्रम चलिरहेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  २ : ०७ बजे

अनमोलको खोक्रो स्टारडम्, श्रीकृष्ण बितेको दशकपछि अन्तिम फिल्मले पायो सम्मान

हेडलाइन– अलटाइमा १० करोड ग्रस कलेक्सन कटाउने नेपाली फिल्मको संख्या

एसिसी यु-१६ कप फाइनल : सिंगापुरविरुद्ध बलिङ गर्दै नेपाल, दोस्रो बलमै लियो पहिलो विकेट

काठमाडौं – नेपाल मलेसियामा जारी एसिसी मेन्स यु–१६ इस्ट जोन

माझी समुदायको भाषा जोगाउन प्रशिक्षण

रामेछाप– आफ्नो समुदायको भाषा, संस्कार र संस्कृति जोगाउन रामेछापका माझी

चैते धान बिक्री नहुँदा किसान चिन्तित 

कैलाली– कैलालीको भजनी नगरपालिका– ३ का सन्तलाल चौधरी चैते धान

इङ्गल्यान्डको नाटकीय पारी: ६ डक आउट, भारतविरुद्ध तीन सय रनको साझेदारी

लन्डन – भारतले इङ्गल्यान्डसँगको दोस्रो टेस्टमा २४४ रनको अग्रता लिएको