भारतको सेक्यन्दराबादमा आगलागी, आठ जनाको मृत्यु « Khabarhub

भारतको सेक्यन्दराबादमा आगलागी, आठ जनाको मृत्यु


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको दक्षिणी राज्य तेलङ्गानाको सेक्यन्दराबाद शहरस्थित एउटा होटलमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार घटनामा अरु सात जना घाइते भएका छन् ।

सोमबार राति भएको आगलागीमा परी घाइते भएकाको स्थानीय अस्पतालमा भर्ना गरिएको तथा केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् ।

दुई वटा तलामा विद्युतीय मोटरसाइकलको प्रदर्शनी कक्ष रहेको बहुतले उक्त होटलमा आगो लाग्दा त्यहाँ राखिएका सबै मोटरसाइकल जलेका छन् । आगलागीको कारण खुलेको छैन ।

स्थानीय वारूणयन्त्रका एक जना अधिकारीले आठ वटा शव होटलको भवनबाट निकालेको र सात जना घाइतेलाई अस्पताल भर्ना गरिएको बताएका छन् । होटल भवनमा मानिस भएनभएको खोजी गरिएको र आगो पूर्णरूपमा निभाइएको उनले बताए ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ४ : ४५ बजे

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन ।

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा