पाकिस्तानी आतंकवादीहरु भारत प्रवेश गर्न खोजिरहेको भिडियो सार्वजनिक « Khabarhub

पाकिस्तानी आतंकवादीहरु भारत प्रवेश गर्न खोजिरहेको भिडियो सार्वजनिक


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानबाट भारतीय भूमितर्फ आतंकवादीहरु प्रवेश गर्न खोजिरहेको भिडियो सार्वजनिक भएको छ । भारत र पाकिस्तानबीच विवादमा रहेको कश्मीरस्थित उरी क्षेत्रबाट पाकिस्तानी आतंकवादीहरुले भारतीय भूमितर्फ प्रवेश गर्न खोजिरहेको भिडियो सार्वजनिक भएको हो ।

विद्युतीय निगरानी उपकरणमा तीन आतंकवादीहरु भारतीय भूमिमा प्रवेश गर्न खोजिरहेको दृश्य कैद भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यद्यपि भारतीय सैनिक कारवाहीका क्रममा तीनै जना आतंकवादीहरु मारिएको समेत एएनआईले जनाएको छ ।

‘गोप्य स्रोतले दिएको जानकारीपछि विद्युतीय निगरानी उपकरणमा तीन आतंकवादीहरुको पहिचान भएको थियो । यद्यपि सेनाको तैनाथ दस्ताको कारवाहीमा उनीहरुको मृत्यु भएको छ ।’ नाम नखुलाइएका सैनिक अधिकारीलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

सैनिक कारवाहीका क्रममा उनीहरुको शव, र सोही स्थानबाट दुई एके राइफल र एक चिनियाँ एम १६ राइफल बरामद गरिएको भारतीय सेनाले जनाएको छ ।

 

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ९ : ५० बजे

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन ।