‘तलिबानले महिला विद्यार्थीलाई अध्ययनका लागि विदेश जान समेत दिँदैन’ « Khabarhub

‘तलिबानले महिला विद्यार्थीलाई अध्ययनका लागि विदेश जान समेत दिँदैन’


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफागानिस्तानमा शासन चलाइरहेको तालिबानले अध्ययनका लागि विदेश जान चाहने महिला विद्यार्थीलाई अनुमति नदिने गरेको पाइएको छ ।

रुसी समाचार संस्था स्पुत्निकका अनुसार अध्ययनका लागि कतार, कजाखस्तानजस्ता मुलुक जान चाहने महिला विद्यार्थीलाई तालिबानले अनुमति दिन अस्वीकार गरेको हो ।

यद्यपि विदेश जान चाहने पुरुष विद्यार्थीले भने तालिबानबाट यस्तो अनुमति पाउने गरेका छन् ।

यसबाहेक तालिबानले अफगानिस्तानभित्रै पनि महिलाहरुलाई अध्ययनबाट बञ्चित गर्दै आएको छ । मुलुकका विद्यालयहरुमा महिला र पुरुषलाई बेग्लाबेग्लै राखेर पढाई हुँदै आएको छ भने छात्राहरुलाई ६ कक्षाभन्दा माथि अध्ययन गर्ने अनुमति छैन ।

यतिमात्रै नभई तालिबानको शासनकालमा महिला अधिकार कटौती भएको भन्दै विभिन्न अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले समेत चर्को आलोचना गर्दै आएका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ७ : ५६ बजे

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने

भोटेकोशी बाढीको एक महिना : पुनःस्थापनाको बाटो अझै लामो 

काठमाडौं – गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका