नवौँ राष्ट्रिय खेलकुद : नेपाल एपीएफ क्लबको लगातार दोस्रो जित « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : नेपाल एपीएफ क्लबको लगातार दोस्रो जित


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ ।

पोखरामा बिहीबार भएको खेलमा नेपाल एपीएफ क्लबले गण्डकी प्रदेशलाई ९ विकेट पराजित गरेको हो । गण्डकीले दिएको २७ रनको लक्ष्य पछ्याएको एपीएफले १ सय ६ बल बाकी रहँदै १ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । एपीएफको जितमा कप्तान सिता राना मगरले अविजित १२ तथा इन्दु बर्माले अविजित ९ रन बनाइन् । गण्डकीका लागि शृष्टि जैसीले १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले १८ दशमलव २ ओभरमा अलआउट हुँदै २६ रन बनाएको थियो ।  जितसँगै एपीएफ ४ अंक जोड्दै समूह ए को शीर्ष स्थानमा कायम रहेको छ । त्यस्तै पोखरा क्रिकेट मैदानमा बिहीबार सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गर्दै मधेशले दोस्रो जित निकालेको छ । मधेशले दिएको ९२ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले २० ओभरमा ८ विकेट गुमाएर ७६ रन मात्र बनायो ।

सुदूरपश्चिमका लागि रितु कनौजियाले २७ तथा रुबी पोदारले १२ रन बनाइन् । सुदूरपश्चिमका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । सुदुरपश्चिमलाई कम रनमा नै रोक्न अनुराधा चौधरी, सन्तोषी चौधरी र शान्ता चौधरीले समान २-२ तथा सरस्वती कुमारीले १ विकेट लिइन् । त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले २० ओभरमा ९ विकेट गुमाएर ९१ रन बनाएको थियो ।

जितसँगै मधेश २ खलमा ४ अंक जोड्दै समूह ’ए’ को दोस्रो स्थानमा उक्लिएको छ । महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ५ : ३२ बजे

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री