नवौँ राष्ट्रिय खेलकुद : नेपाल एपीएफ क्लबको लगातार दोस्रो जित | Khabarhub Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : नेपाल एपीएफ क्लबको लगातार दोस्रो जित


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ ।

पोखरामा बिहीबार भएको खेलमा नेपाल एपीएफ क्लबले गण्डकी प्रदेशलाई ९ विकेट पराजित गरेको हो । गण्डकीले दिएको २७ रनको लक्ष्य पछ्याएको एपीएफले १ सय ६ बल बाकी रहँदै १ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । एपीएफको जितमा कप्तान सिता राना मगरले अविजित १२ तथा इन्दु बर्माले अविजित ९ रन बनाइन् । गण्डकीका लागि शृष्टि जैसीले १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले १८ दशमलव २ ओभरमा अलआउट हुँदै २६ रन बनाएको थियो ।  जितसँगै एपीएफ ४ अंक जोड्दै समूह ए को शीर्ष स्थानमा कायम रहेको छ । त्यस्तै पोखरा क्रिकेट मैदानमा बिहीबार सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गर्दै मधेशले दोस्रो जित निकालेको छ । मधेशले दिएको ९२ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले २० ओभरमा ८ विकेट गुमाएर ७६ रन मात्र बनायो ।

सुदूरपश्चिमका लागि रितु कनौजियाले २७ तथा रुबी पोदारले १२ रन बनाइन् । सुदूरपश्चिमका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । सुदुरपश्चिमलाई कम रनमा नै रोक्न अनुराधा चौधरी, सन्तोषी चौधरी र शान्ता चौधरीले समान २-२ तथा सरस्वती कुमारीले १ विकेट लिइन् । त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले २० ओभरमा ९ विकेट गुमाएर ९१ रन बनाएको थियो ।

जितसँगै मधेश २ खलमा ४ अंक जोड्दै समूह ’ए’ को दोस्रो स्थानमा उक्लिएको छ । महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ५ : ३२ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ