प्रधानमन्त्रीको सिफारिसमा जसपाका चार मन्त्री पदमुक्त  « Khabarhub

प्रधानमन्त्रीको सिफारिसमा जसपाका चार मन्त्री पदमुक्त 


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेकाहरूलाई पदमुक्त गरिएको छ । बिहीबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरूलाई पदमुक्त गरेकी हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई पदमुक्त गरिएको हो ।

संविधानको धारा ७७ को उपधारा (२) को खण्ड ख बमोजिम प्रधानमन्त्री सिफारिसमा उनीहरूलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए । चारै मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री देउवाले आफैँ सम्हाल्ने छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ६ : २४ बजे

इन्डोनेसियामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १६ जना पुग्यो

एजेन्सी– इन्डोनेसियाको पूर्वी प्रान्त उत्तरी सुलावेसीमा आएको बाढी र पहिरोमा

कुलमानले राजीनामा नदिने, उज्यालो नेपाल र रास्वपालाई बिर्सिँदै भने : म कुनै पार्टीको सदस्य छैन

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले सरकारबाट राजीनामा नदिने बताएका छन्। काठमाडौंमा

नेकपाले माग्यो राष्ट्रिय सभाका चार सिट, नदिए तीन वटामा चित्त बुझाउने

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को परामर्श बैठक पेरिस डाडाँमा सकिएको

थाई–कम्बोडिया सीमा तनाव फेरि चर्कियो

एजेन्सी– थाइल्यान्डले कम्बोडियामाथि १० दिनअघि भएको युद्धविराम उल्लङ्घन गरेको आरोप

राष्ट्रियसभा निर्वाचनमा कांग्रेसले दलहरूसँग तालमेल गर्ने

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल