जाडो बढेसँगै घुम्ती गोठ बेँसीतिर झरे « Khabarhub

जाडो बढेसँगै घुम्ती गोठ बेँसीतिर झरे


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

लमजुङ- जाडो बढेसँगै लमजुङका लेकमा रहेका घुम्ती गोठहरू बेँसी झर्न थालेका छन्। सबै पालिकामा रहेका घुम्ती गोठहरू जाडोका कारण बेँसी झरेको हो।

जाडो छल्नका लागि र खेतीपातीका लागि मल आवश्यक पर्ने भएकाले गोठहरू बेँसी झर्ने चलन छ। क्व्होलासोंथर गाउँपालिका- ४ भुजुङका नौराज गुरुङका अनुसार घुम्ती गोठ भुजुङको घिम्चेफाँटमा झरेको छ। करिब ५० वटा गोठ फाँटमा राखिएकाे बताएका उनले गाउँमाथि लेकमा रहेका भैँसी गोठ र भेडा गोठ फाँटमा झरेको जानकारी दिए।

‘जाँडो बढेको छ। जाडो बढ्दै गर्दा लेकमा रहँदा वस्तुलाई चिसो हुन्छ। चिसोमा मर्ने समस्या हुन्छ,’ उनले भने। उक्त गोठहरू कात्तिकदेखि मंसिरसम्म घिम्चेफाँटमा त्यसपछि केही दिन कोदो लगाइएको खेतमा बस्छ। चैत १५ गतेबाट लेकमै फर्कने गरेको स्थानीयले बताएका छन्।

क्व्होलासोंथर गाउँपालिका- ३ घलेगाउँका गमबहादुर गुरुङका अनुसार गाउँको बेँसीमा घुम्ती गोठ बसेको छ। एक साताअघिदेखि नै गोठ आएको हो। कात्तिकमा बेँसी झर्ने, मंसिर, पुस, माघ, फागुन र चैतसम्म बस्ने गर्छ। वैशाखमा पुन लेकमा जाने गर्छ। बस्तुभाउलाई न्यानो बनाउन र मलका लागि गोठ झर्ने गरेको स्थानीयले बताएका छन्।

दूधपोखरी गाउँपालिका पशु शाखाका कर्मचारी दिनेश गुरुङका अनुसार दूधपोखरी क्षेत्रको लेकमा रहेका घुम्ती गोठहरू बेँसी झरेको छ। गोठहरू इलमपोखरी डाँडामा बसेको छ। जाडोको समय भएकाले गोठ बेँसी झरेको हो।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. रुपेश श्रेष्ठका अनुसार लमजुङका घुम्ती गोठहरू अहिले बेँसी झरेको छ। जाडोको समयमा लेकमा बस्न नसकिने भएकाले न्यानो खोज्दै बेँसी आउने गरेका छन्।

लमजुङमा करिब ३०० वटा घुम्ती गोठ छन्। करिब १० वटा गाईगोठ, करिब १०० वटा भेडाबाख्राको गोठ र अन्य भैँसी गोठ छन्।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  २ : ०१ बजे

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज