मंसिर ४ मा हुने निर्वाचनका लागि जुम्लामा आठ सय ४८ कर्मचारी खटिए « Khabarhub

मंसिर ४ मा हुने निर्वाचनका लागि जुम्लामा आठ सय ४८ कर्मचारी खटिए


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आसन्न प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनका लागि जुम्लामा आठ सय ४८ कर्मचारी खटिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका जुम्लाले एक सय आठ मतदान केन्द्रको लागि कर्मचारी खटाएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन कर्मचारीको सूचीअनुसार एक सय ६ वटा स्थायी र दुई वटा अस्थायी गरी आठ सय ४८ कर्मचारी खटाएको हो ।

त्यस्तै, मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार एक सय आठ जना मतदान अधिकृत र एक सय आठ जना सहायक मतदान अधिकृतसहितका कर्मचारी खटाएको हो । उनका अनुसार ९९ मतदान केन्द्रमा आठ जना कर्मचारीका दरले सात सय ९२ जना, सात वटा मतदान केन्द्रमा सात जना कर्मचारीका दरले ४९ जना र दुई वटा अस्थायी मतदान केन्द्रमा सात जना खटाएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुई सय ५१ भन्दा तलको मतदाता भएको स्थानमा सात जना र दुई सय ५१ भन्दा धेरै मतदाता भएको स्थानमा आठ जनाका दरले कर्मचारी खटाएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार खटाएका कर्मचारीलाई तालिम दिएर तथा सामग्री हस्तान्तरण गरेर पठाइएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  २ : ३० बजे

बाढी पूर्वानुमान महाशाखाले भन्यो- पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी आयो

काठमाडौं– पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी

बूढीगण्डकी बाढी : ३६ जनाको उद्धार

काठमाडौं– बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली

विश्वकप क्रिकेट लिग–२ : क्यानडाविरुद्ध रोहित पौडेलले बनाए अर्धशतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर

अनमोल र प्रिन्सीको रोमान्समा ‘मेरो मन चोर्‍यौ सुटुक्कै’

काठमाडौं– अभिनेता अनमोल केसीको नयाँ लुकले दर्शकमा कौतूहल बढाइरहेका बेला

कुनै गडगडाहट छैन बूढीगण्डकीको (तस्बिरहरु) 

धादिङ– बूढीगण्डकी नदीमा आएको बाढी शान्त देखिए पनि तटीय क्षेत्रमा