बागलुङमा कृषि यान्त्रीकरण बढ्दो « Khabarhub

बागलुङमा कृषि यान्त्रीकरण बढ्दो


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बागलुङको जैमिनी नगरपालिका ८ छिस्तीको केवैगाउँका पूर्णबहादुर पुनको घरमा मकै छोडाउने औजार भित्रिएको चार वर्ष भयो ।

औजार भित्रिएपछि मकै र कोदो राम्रो उत्पादन हुने केवैगाउँमा मकै छोडाउन र कोदो चुट्न लाग्ने खर्च र समय घटेको छ । त्यति मात्रै होइन, पुनले चार वर्षयता यसका लागि महङ्गो पारिश्रमिक बुझाएर श्रमिक बोलाउनु पनि परेको छैन । तर, औजार चलाउन केही युनिट विद्युतको महशुल भने बुझाउनु पर्छ ।

“सुरुमा यसको फाइदाबारे थाहा भएन, मकै छोडाउने औजारले कोदो पनि चुट्ला भन्ने लागेकै थिएन”, उनले भने, “पहिले एक आँगन कोदो चुट्न दिनभर छ जनाको काम थियो भने अहिले दुई घण्टामै सकिन्छ ।”

उनका अनुसार छ जना ज्यालादारीका मजदुर खटाउँदा खर्च धेरै हुन्थ्यो तर अहिले तीनदेखि चार सयमा काम सकिन्छ ।

जनशक्ति, लागत र समयसमेत कम लाग्ने भएपछि पछिल्लो समय बागलुङमा साना कृषि औजारको प्रयोग बढ्दै गएको छ । मानवीय श्रमसाधन अभाव भइरहेका अवस्थामा साना कृषि औजारको प्रयोग गरेर खेती हुन थालेपछि यहाँका किसानहरुलाई राहत भएको छ ।

परम्परागत तरिकाले गरिने मकै तथा कोदोलाई समेत कृषि औजारको प्रयोग गर्दा उत्पादन लागत घटेर आएको बागलुङ नगरपालिकाका किसान जगन्नाथ सापकोटाले बताए ।

“अहिले मिनी टेलर हलो यहाँका किसानको सारथी भएको छ, जोत्नका लागि गोरुको प्रयोग पनि हुन छाड्यो,” सापकोटाले भने, “गोरुलाई एक दिन लाग्ने मेलो ट्र्याक्टरले एक घण्टामै जोतिसक्छ ।”

औजारको प्रयोग गहुँको थ्रेसर, कोदो चुट्न, दहीबाट घ्यू बनाउन समेत प्रयोग हुँदै आएको छ । कृषि मजदुरको अभावमा कृषि कार्य गर्न निकै सकस झेल्दै आएका किसानका लागि अहिले यस्ता कृषि औजारले निकै राहत मिलेको छ । साथै, किसानहरुले प्रविधि र औजारमा अनुदान समेत पाएको कृषि ज्ञानकेन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताए ।

“अहिले कृषिमा प्रविधि भित्र्याउनेलाई समेत अनुदान दिन सुरु भएपछि किसान आकर्षित भएका हुन,” भट्टराईले भने, “मिनीटेलर हलो, थ्रेसर मेसिन, कोदो र मकै चुट्ने मेसिनका कारण किसानलाई सहज भएको छ ।”

रैथानेबाली प्रवद्र्धन कार्यक्रमअन्र्तगत गत वर्ष १५ थान कोदो चुट्ने औजार ५० प्रतिशत अनुदानमा वितरण गरेको केन्द्र प्रमुख भट्टराईले जानकारी दिए । पछिल्लो समय कृषि उपकरण खरिद गर्ने किसानको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बागलुङ बजारका पङ्गाली मेसिनरीका सञ्चालक कलानिथी पौडेलको भनाइ छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ३ : ०८ बजे

नाडा अटो शोमा यामाहाका नयाँ भेरियन्ट सार्वजनिक हुँदै

काठमाडौं– यामाहाले नयाँ भेरियन्टहरू नाडा अटो शो २०२६ मा सार्वजनिक गर्ने

एक्सन दृश्य केन्द्रमा राखेर निखिलले सार्वजनिक गरे ‘आचार्य’को टिजर

काठमाडौं – नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचाय’को टिजर

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम) मा

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं– काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको आरोपमा

पत्नीले बोलाएपछि पुगेका सेनाका अधिकारीले विद्यार्थीलाई कुटे, सरकारी पेस्तोलबाट गोली चलाए

पेशावर- पाकिस्तानको इस्लामाबादस्थित सरहद युनिभर्सिटीको रावत क्याम्पसमा विद्यार्थी प्रदर्शनका क्रममा