‘ए’डिभिजन लिगमा आजदेखि नवौँ चरणका खेल हुँदै « Khabarhub

‘ए’डिभिजन लिगमा आजदेखि नवौँ चरणका खेल हुँदै


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ‘ए’डिभिजन लिगमा आज (शुक्रबार)बाट नवौँ चरणका खेल हुँदैछन् ।

जसअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछन् । दिउँसो १ बजे पहिलो खेलमा एपीएफ फुटबल क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । रेलिगेशन जोनबाट उम्कने कोशिष गरिरहेको एपीएफ नविन लामाको कप्तानीमा हुनेछ भने तालिकाका मध्यक्रममा रहेका शेर्पा विश्वास श्रेष्ठको कप्तानीमा मैदान उत्रनेछ ।

एपीएफ ८ खेलमा ७ अंक जोडेर दशौं स्थानमा छ । उसलाई आजको खेलमा जित निकाल्दै कम्तिमा रेलिगेशनको भय हटाउनु छ । शेर्पा भने मध्यक्रममा रहने प्रयासमा हुनेछ । रेलिगेशनको डर टारेको शेर्पाले आफुलाई शीर्ष ६ मा राख्न आजको खेल जित्ने योजना तयार पारेको छ ।

बेलुकी पौने ५ बजे हुने खेलमा दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबलाई नवप्रवेशी सातदोबाटो युथ क्लबले चुनौती पेस गर्नेछ ।

अन्जन विष्टको कप्तानीमा रहेको मनाङ लय गुमाएको सातदोबाटोलाई हराउँदै कम्तिमा २४ घण्टाको लागि शीर्ष स्थानको दाउमा हुनेछ । सातौं चरणमा शीर्ष स्थानमा रहँदै एएफसी कप छनोट हुने मौका गुमाएको मनाङ लिग उपाधि भने आफ्नो नाममा लेखाउने दाउमा छ । मनाङ १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

मानबहादुर तामाङको कप्तानीमा रहेको सातदोबाटोसमेत मनाङविरुद्ध अप्रत्याशित नतिजा निकाल्ने दाउमा छ । सुरुआती खेलमा उत्कृष्ट प्रदर्शन गरेको सातदोबाटोले पछिल्ला खेलहरुमा भने लय बिर्सिएको छ । उसले मनाङविरुद्ध पुरानै प्रदर्शनलाई दोहोराउने योजना बनाएको छ । हाल सातदोबाटो ९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ८ : ५७ बजे

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ : मन्त्री पोखरेल

सुदूरपश्चिम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी

काठमाडौं- निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक 

काठमाडौं– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक