डेल्टा भेरियन्टबाट भारतमा ३ महिनामा २ लाख ४० हजारको मृत्यु : राष्ट्रसंघ « Khabarhub

डेल्टा भेरियन्टबाट भारतमा ३ महिनामा २ लाख ४० हजारको मृत्यु : राष्ट्रसंघ


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – कोभिडको डेल्टा भेरियन्टबाट भारतमा सन् २०२१ को अप्रिलदेखि जुनसम्म दुई लाख ४० हजार जना मानिसको मृत्यु भएको राष्ट्रसंघको एउटा प्रतिवेदनले जनाएको छ । डेल्टाका कारण भारतीय अर्थतन्त्रमा गम्भीर असर गरेको भन्दै सो प्रतिवेदनमा आगामी दिनमा भारतले त्यस्तै दुर्भाग्य सामना गर्नुपर्ने चेतावनी दिइएको छ ।

राष्ट्रसंघ अन्तर्गतको विश्वको आर्थिक अवस्था र सम्भावना (डब्लूइएसपी) २०२२ को प्रतिवेदनले विश्वभर फैलिएको कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले फेरि ठूलो मानवीय र आर्थिक क्षति पुर्‍याउन सक्ने चेतावनी दिएको छ ।

‘भारतमा डेल्टा संक्रमणका कारण अप्रिलदेखि जुनको अवधिमा दुई लाख ४० हजार जनाको मृत्यु हुनुका साथै अर्थतन्त्रको रिकभरीमा असर गरेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यस्तै घटना अगामी दिनमा पनि दोहोरिन सक्छ ।’

कोभिडलाई नियन्त्रण गर्न खोपलगायतका दीगो विश्वव्यापी पहुँच र संयोजन नभए महामारीले फेरि पनि समावेशी र दिगो अर्थतन्त्रलाई ठूलो जोखिममा पार्ने प्रतिवेदनमा औंल्याइएको छ ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ९ : ०५ बजे

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि