प्रधानमन्त्री कपमा आज चार खेल : कुन-कुन टोली भिड्दैछन् ? | Khabarhub Khabarhub

प्रधानमन्त्री कपमा आज चार खेल : कुन-कुन टोली भिड्दैछन् ?


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगितामा आज (शुक्रबार) चार खेल हुँदैछन् । कीर्तिपुरस्थित टियु मैदान र मुलपानीस्थित माथिल्लो मैदानमा २/२ खेल हुनेछन् ।

टियुमा बिहान सवा ९ बजे हुने खेलमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्नेछन् भने सोही समय मुलपानीमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश भिड्नेछन् ।

दिउँसो १ बजे टियुमा हुने दोस्रो खेलमा प्रदेश २ र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । सोही समयमा मुलपानीमा एपीएफ र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।

समूह ‘ए’ मा लगातार दोस्रो जितसँगै पुलिस ४ अंकसहित शीर्ष स्थानमा छ । ३ खेलबाट ३ अंक बनाएको आर्मी दोस्रो स्थानमा छ । २ अंकको सुदूरश्चिम प्रदेश र कर्णाली प्रदेश क्रमशः तेस्रो र चौथो स्थानमा छन् भने १ अंकको प्रदेश नम्बर एक पुछारमा छ ।

समूह ‘बी’ मा ३ खेलमा सतप्रतिशत जित निकालेको एपीएफ ६ अंक सहित शीर्ष स्थानमा छ । २ अंक भएका बागमती, लुम्बिनी र प्रदेश नम्बर २ क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । गण्डकी प्रदेश भने बिना अंक पुछारमा छ ।

दुबै समूहका शीर्ष दुई क्लब सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ९ : २१ बजे

तीन महिनामा एक अर्ब ७९ करोड राजस्व सङ्कलन

कैलाली – कैलाली भन्सार कार्यालय, धनगढीले तीन महिनामा रु एक

इजरायल र हमासबीच गाजा युद्धविराम उल्लङ्घन गरेको आरोप प्रत्यारोप

तेल अभिभ– हमासका लडाकुहरूले आफ्नो सेनाविरुद्ध आक्रमण गरेको र जवाफमा

काठमाडौंमा सुरू भयो मापसे चेकजाँच (तस्बिरहरू)

काठमाडौं- गत भदौ २३ र २४ को जेनजी आन्दोलनको केही

तिहारका लागि मुस्ताङमा भेडाच्याङ्ग्रा बिक्री

मुस्ताङ– मुस्ताङमा तिहार पर्वका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न थालिएको छ