निर्वाचन आयोगमा सर्वदलीय बैठक, आगामी निर्वाचनबारे छलफल « Khabarhub

निर्वाचन आयोगमा सर्वदलीय बैठक, आगामी निर्वाचनबारे छलफल


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगमा सर्वदलीय बैठक शुरु भएको छ । बैठकमा केन्द्र, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दल सहभागी छन् ।

राजनीतिक दलहरुसँग परामर्श गर्न निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको थियो । स्थानीय चुनावबारे दलहरुसँग छलफल गर्न बोलाइएको आयोगले जनाएको छ । आजको बैठकमा स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल हुने आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिए।

बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १६ दललाई निमन्त्रणा गरिएको छ । निर्वाचन आयोगले आगामी माघ १२ हुन गइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका बारेमा समेत दलहरुसँग छलफल गर्नेछ।

अहिले मतदाता नामावली संकलनको काम भइरहेका विषयमा पनि सर्वदलीय बैठकमा आयोगले दलहरुलाई जानकारी दिने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  १ : ०१ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न