जुम्लाका आठै पालिकाका सबै वडा सडक सन्जालमा जोडिए | Khabarhub Khabarhub

जुम्लाका आठै पालिकाका सबै वडा सडक सन्जालमा जोडिए


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाका जनप्रतिनिधिले पाँच वर्षे कार्यावधि सडक निर्माणमै बिताएका छन् । यो अवधिमा यहाँका आठ स्थानीय तहका सबै ६० वडामा सडक पुगेको छ । तर, निर्वाचनअघि कृषिमा आधुनिककरण, पर्यटकीय क्षेत्रको विकास, शिक्षा स्वास्थ्यलाई पहिलो प्राथमिकता दिने घोषाणा गरे पनि सबैजसो जनप्रतिनिधले बजेटको अिधकांश हिस्सा सडक निर्माणमा खनाएका छन् ।

सदरमुकाम खलंगासहित कर्णाली राजमार्गले छोएका केही गाउँठाउँ राष्ट्रिय सडक सञ्जालमा २०६३ सालमै जोडिएका थिए । तर, बाँकी गाउँबस्ती भने सडक सञ्जालमा जोडिएका थिएनन् । यही कारण सडक विकासपछि मात्रै अन्य विकासको ढोका खुल्ने भन्दै जनप्रतिनिधिले पहिलो वर्षदेखि नै सडकसहितको पूर्वाधार विकासलाई प्रथामिकतामा राखेको बताएका छन् ।

तातोपानी गाउँपालिकाले चार वर्षमा करिब ७३ किलोमिटर सडक निर्माण गरेको छ । पालिकामा ७३ दशमलव ३ किलोमिटर सडक निर्माण भएको तातोपानीका प्रमुख प्रशासकीय अधिकृत मिलन बुड्थापाले बताए । उनका अनुसार साढे चार वर्षमा सबैभन्दा बढी वडा नम्वर ४ को हाँकु, गौतमबाडा, नियापानी १९ दशमलव ९५ किलोमिटर र सबैभन्दा कम वडा नम्वर २ जर्मी, बाबिरा, डाँगीबाडामा ३ दशमलव ३७ किलोमिटर सडक निर्माण भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत बुड्थापाका अनुसार भौगोलिक हिसाबले जिल्लाकै विकट मानिने तातोपानी वडा नम्वर ७ मा ७ दशमलव २८ किलोमिटर, वडा नम्वर ८ मा ९ दशमलव ६७ किलोमिटर सडक निर्माण भएको छ । वडा नम्वर १ राँका बाइराँकामा ९ दशमलव २१ किलोमिटर, वडा नम्वर ३ लिताकोटमा ६ दशमलव ९१ किलोमिटर, वडा नंं। ५ मा ९ दशमलव ५७ किलोमिटर र वडा नं। ६ मा ७ दशमलव ७ किलोमिटर गरी जम्मा ७३ दशमलव ३ किलोमिटर सडक निर्माण भएको छ । उनले भने(पालिकाको विकट क्षेत्र भनेको भेरीखोला हो । ८ नम्वर वडाको थलाले गाउँबाहेक अन्य गाउँमा सडक पहुँच पुगेको छ । चालु आवमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट थलालेमा पनि बाटो निर्माण गरिने छ।

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले भने–पालिकाको लगानीमा पक्की पुल निर्माण भने सम्भव भएन । हामीले आधारभूत विकास गरिरहेका छौँ ।पुल निर्माणका लागि सङ्घ प्रदेशमा धाइरहेका छौँ । ढिलो चाँडो गाउँगाउँमा गाडी पुग्छ । गाउँगाउँमा सडक पुगे गतिला सडक नबन्दा अझै पनि यहाँका कृषि उत्पादन बजारसम्म पुग्न नसकेको स्थानीय लोकबहादुर दमाईको गुनासो छ ।

हिमा गाउँपालिकाले करिब ५७ किलोमिटर सडक निर्माण गरेको जनाएको छ । हिमा गाउँपालिकाका सातै वडाका साढे तीन दर्जन बस्तीलाई यातायातको पहुँचमा ल्याउने उद्देश्यले ५७ किलोमिटर सडक निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए । उनले भने(पालिकाका सबै बस्तीमा सडक पुगे पनि नियमित गाडी गुड्न भने बाँकी छ । हिमा पालिकाका प्राविधिक प्रवेश देवकोटाले भने चार वर्षमा निर्माण भएको करिब ५७ किलोमिटर सडकमध्ये कतै स्तरवृद्धि र कतै आरसीसी भइरहेको छ ।

गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले सडक, शिक्षा, स्वास्थ्य कृषि क्षेत्रलाई प्राथमिकता दिँदै बजेट लगानी गर्दै आएको बताए । उनले भने(पालिकाका सबै बस्तीमा सडक पुगेका छन् । केही गाउँमा गाडी पुग्न बाँकी छ । सडक स्तरवृद्धि गरेर कार्यकालभरमा गाउँमा गाडी पुर्‍याउने लक्ष्य राखेका छौँ ।

तिला गाउँपालिका वडा नम्बर ७, ८ र ९ मा पर्ने जुम्लाकोट, मालापानी, राँसा, खोप्री, सुडी, घोडेमहादेव निकै दुर्गम र विकट बस्ती हुन् । यी गाउँबस्तीमा सडक खनिए पनि राष्ट्रिय सडक सञ्जालमा भने जोडिएका छैन । तिला गाउँपालिका वडा नम्बर १ रारालिहिस्थित तिला नदीमाथि पक्की पुल नबनेकाले यी बस्ती राष्ट्रिय सडक सञ्जालमा नजोडिएका हुन् । वडा नम्बर ९ मालापानीका स्थानीय मानबहादुर बुढाले भने( स्थानीय सरकार नआएको भए यो ठाउँमा सडक पुग्न अझै कयौँ वर्ष कुर्नुपर्ने अवस्था थियो । तर, संघ, प्रदेश र स्थानीय सरकारको पहलमा सडक पुग्यो । अब गाडी गुड्ने पर्खाइमा छौँ ।

सडक बने पनि सवारीसाधन नचल्दा यहाँका बासिन्दा खच्चर र भरियाकै भरमा छन् । दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामग्री खच्चर र पिठ्युँमै ओसारपसार गर्ने गरिन्छ । गाउँघरमा सडक पुगेपछि स्थानीय खुसी छन् । सडक पुगेपछि गाडी पनि गाउँघरमै पुग्छ भन्ने आशा पलाएको उनी बताउँछन् ।

यो क्षेत्रमा सडक खन्ने प्रयत्न संघीयता आउनुअघि नै भए पनि स्थानीय सरकारले चार वर्षको अवधिमा सडक पुर्‍याएको हो । करिब पाँच करोड रुपैयाँ बचेट खर्चेर निर्माण गरिएका सडकले दैनिकी सहज बनाउने अपेक्षा स्थानीयको छ । यो क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालमा जोड्न सडक डिभिजन कार्यालय जुम्लाको १३ करोड रुपैयाँ लागतमा तिला नदीमाथि पक्की पुल निर्माण गर्ने तयारी गरेको छ । दुई वर्षमा पक्की पुल निर्माण गर्ने सम्झौतामा उल्लेख गरिएको तिला गाउँपालिकाले जनाएको छ । तिलागाउँपालिकाका उपाध्यक्ष विष्णुमाया बुढाले भनिन्, ‘स्थानीय सरकार आएपछि गाउँगाउँमा सडक पुग्नु निकै ठूलो उपलब्धि ठानेका छौँ । सडकले गर्दा दूरदराजमा उत्पादित फलफूल, अन्नपात सबै बजारसम्म लैजान सहज हुनेछ । यो पालिकाको उपलब्धि हो ।’

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ४ : १५ बजे

डुबेर एक जनाको मृत्यु

बारा– कलैया उपमहानगरपालिका-३ गंगापुर बस्ने राम ईश्वर साहको छोरा ७ वर्षीय

बौद्धमा युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– काठमाडौँको बौद्धमा एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले

पर्वतमा एक वर्षमा ४५ किलोमिटर ग्रामीण सडक कालोपत्र

पर्वत– यहाँ झण्डै तीन हजार किलोमिटर बराबर सडक सञ्जाल फैलिएको

विभिन्न स्थानबाट २० जना जुवाडे पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-१६ नागरिक बजारस्थित सोही महानगरपालिका-१६ खरिबोट बस्ने धादिङ गंगाजमुना गाउँपालिका-६

रास्वपाबाट रुपन्देही–३ मा उम्मेदवार बन्न नौ जनाले दिए आवेदन 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार हुन