नेपाल आयरल्याण्डसँग पराजित « Khabarhub

नेपाल आयरल्याण्डसँग पराजित


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चारदेशीय टी–२० शृंखलाअन्तर्गत अन्तिम खेलमा नेपाल टेस्ट राष्ट्र आयरल्याण्डसँग १६ रनले पराजित भएको छ ।

अल अमेरात क्रिकेट मैदानमा १२८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १११ रनमा समेटियो ।

नेपालका दीपेन्द्र सिंह ऐरीले सर्वाधिक २८ रन बनाए । यस्तै आशिफ शेख २३, कुशल भुर्तेल १५ र कमल ऐरीले १३ रनको योगदान गरे ।

आयरल्याण्डका सिमि सिंह, एन्डी म्याकब्राइन, मार्क एडिर र बेरी मकार्थीले समान दुई विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा पूरा विकेट गुमाउँदै १२७ रनको योगफल तयार पार्‍यो ।

आयरल्याण्डका जर्ज डोकरेलले सर्वाधिक २८ रन जोडे । यस्तै कर्टिस क्याम्फरले २०, कप्तान एन्डी विलवार्नीले १९, लोर्कन टकरले १५, शेन गेटकाटेले १४, एन्डी म्याकब्राइनले ११ रनको योगदान गरे ।

नेपालका दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । दिपेन्द्रले चार ओभर बलिङ गर्दै २१ रन मात्र खर्चिएका थिए । यस्तै अविनाश बोहराले दुई तथा कप्तान सन्दीप लामिछाने, कमल सिंह ऐरी र जितेन्द्र मुखियाले समान विकेट लिए ।

आइसिसी पुरुष टी–२० विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट खेल अघि नेपालले चारदेशीय सिरिज खेलेको हो ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ७ : ३२ बजे

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन हुने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको  बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको नागढुङ्गा–मुग्लिन

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

एजेन्सी– पश्चिमी जर्मनीमा डच सीमा नजिकै  विमान दुर्घटना हुँदा  तीन

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

काठमाडौं– प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले

सरकारमाथिको प्रश्नले रविसँग बढ्दै बालेनको मतान्तर, अझै दिएनन् बाँकी पदाधिकारीको नाम

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट