देउवालाई रावलको जवाफ-‘प्रधानमन्त्रीकै दिमाग खुस्केर होस हराएको हुनुपर्छ’ « Khabarhub

देउवालाई रावलको जवाफ-‘प्रधानमन्त्रीकै दिमाग खुस्केर होस हराएको हुनुपर्छ’


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे आफूमाथि लगाएको आरोपप्रति आपत्ति जनाएका छन् । प्रधानमन्त्री देउवाको भनाइ आए लगत्तै ट्वीट गर्दै रावलले उक्त भनाइप्रति असहमति जनाएका हुन् ।

प्रधानमन्त्री देउवाले सोमबार नुवाकोटमा आयोजित कार्यक्रममा रावल मन्त्री भएकै बेला एमसीसी सम्झौता मन्त्रिपरिषदबाट पारित भइ संसदमा पेश भएको तर, त्यतिबेला रावलले कुनै प्रतिक्रिया नदिएर अहिले किन टाउको दुखाएको भनि प्रश्न गरेका थिए ।

जवाफमा रावलले आफू मन्त्री भएका बेला मन्त्रिपरिषदबाट एमसीसी पारित नभएको जिकिर गरेका छन् । उनले आफु केपी ओलीजी पहिलो पटक प्रधानमन्त्री भएको बेला उपप्रधानमन्त्री र रक्षामन्त्री भएको तर, ओलीले एमसीसीसँगको सम्झौता संसदमा ल्याएको बेला आफु मन्त्री नभएको दाबि गरेका छन् । प्रधानमन्त्रीको यो अभिव्यक्ति झुटो भएको बताउँदै रावलले उल्टै प्रधानमन्त्रीकै दिमाग खुस्केको टिप्पणी गरेका छन् ।

उनले एमसीसी सम्झौता देशको हितमा नरहेकाले राष्ट्रको हित र अस्मिताप्रति चिन्तित भएर आफ्नो टाउको दुखेको पनि प्रष्टीकरण दिएका छन् । नेता रावलले देउवाले संसद नियमावली र संविधान मिचेर, जनआवाजमाथि दमन गरेर बाह्य शक्तिलाई रिझाउन होहल्लाका बीच एमसीसी अनुमोदन गराएको टिप्पणी गरेका छन् ।

उनले थप बहस गर्ने इच्छा भए बहस गर्न प्रधानमन्त्री देउवालाई चुनौती पनि दिएका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ४ : ४३ बजे

दोषीमाथि कानुनी कारबाहीको माग गर्दै वीरगञ्जमा स्वास्थ्यकर्मीको प्रदर्शन

वीरगञ्ज- नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले आइतबार वीरगञ्जको

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका