सिंहलाई साथी बनाउने, सिंहसँग खेल्ने यी मानिस जसले सिंहकै लागि आरक्ष खोलेका छन् « Khabarhub

सिंहलाई साथी बनाउने, सिंहसँग खेल्ने यी मानिस जसले सिंहकै लागि आरक्ष खोलेका छन्


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जंगली जनावर र मानिसबीचको सम्बन्ध परापूर्वकाल देखि नै हिंसात्मक रहँदै आएको छ । अझ जङ्गलको राजा सिंह र मानिसबीच त एक ले अर्काको अस्तित्व नै स्वीकार गर्न नसक्ने किसिमको छ । सिंहले मानिसलाई सिकार बनाउने र मानिसले पनि सिंहको सिकार गर्ने क्रम नौलो होइन ।

अझै पनि अफ्रिकाको धेरै देशहरुमा सिंहको सिकार गर्न धेरै पर्यटकहरु आउने गर्छन् । दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्वे, नामिबियाजस्ता देशमा सिंहको सिकार गर्नु अझै पनि वैध छ । यद्यपि सन् २०१५ मा विख्यात सिंह ‘सेसिल’ को सिकार भएसँगै सिंहको सिकार रोकिनुपर्ने आवाज उठ्न थालेका छन् ।

तर, सबै मानिस सिंहको सिकार गर्ने मात्रै छैनन् । केही भने जङ्गलको राजालाई साथी पनि बनाउन चाहन्छन् ।

यस्तै मध्येका एक हुन् डिन स्नाइडर । उनको सानैदेखिको सपना हो, सिंहलाई साथी बनाउनु, सिंहसँग खेल्नु । उनी सिंहसँग डराउँदैनन् । बरु सिंहलाई सुमसुम्याउँछन्, सिंहसँग खेल्छन् ।

सिंहले पनि उनीमाथि झम्टेर आक्रमण गरिहाल्दैनन् । उनले सिंहसँग खेलेको र सिंहलाई सुम्सुम्याएको भिडियो सामाजिक सञ्जालभरी भाइरल छन् ।

यही सपना पूरा गर्न वित्तीय क्षेत्रमा राम्रो कमाइ छाडेर उनी अफ्रिका पुगेका छन् । दक्षिणी अफ्रिकामा उनले ४०० हेक्टर क्षेत्रफलमा सिंह र अरु जनावरका लागि हकुना मिपाका नाम गरेको आरक्षको स्थापना गरेका छन् । यो आरक्षमा सिंहसँगै जिराफ, जेब्रा, ब्वाँसो र बाँदरहरु पनि छन् ।

यी जनावरसँग पनि उनको उस्तै न्यानो सम्बन्ध छ । अरु जनावरसँग पनि उनी खेल्छन् । तर, उनले स्थापना गरेको त्यो आरक्ष भने सर्वसाधारणका लागि खुला गरिएको छैन । ‘हामीलाई पर्यटक चाहिएको छैन ।’ उनी भन्छन्, ‘हामी जनावरको प्रजनन वा व्यापार गर्दैनौँ ।’ 

‘मैले मानिसका लागि नभई जनावरका लागि आरक्ष खोलेको हुँ ।’ उनको भनाइ छ । पर्यटनबाट केही आर्जन नहुने भएकाले उनको आरक्ष अनुदानले चलेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ४ : ३१ बजे

कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी

इरानद्वारा जोर्डनमा २० वटा मिसाइल प्रहार

काठमाडौं- इरानले जोर्डनतर्फ २० मिसाइल प्रहार गरेको छ । जोर्डनको

ओमान आक्रमणमा तीन भारतीयको मृत्यु

एजेन्सी– ओमान तट नजिक संयुक्त राज्य अमेरिकाले प्रहार गरेको व्यापारिक

विपद् तयारीमा जुट्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन

प्रतिनिधिसभा : सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँदै