सिंहलाई साथी बनाउने, सिंहसँग खेल्ने यी मानिस जसले सिंहकै लागि आरक्ष खोलेका छन् « Khabarhub

सिंहलाई साथी बनाउने, सिंहसँग खेल्ने यी मानिस जसले सिंहकै लागि आरक्ष खोलेका छन्


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जंगली जनावर र मानिसबीचको सम्बन्ध परापूर्वकाल देखि नै हिंसात्मक रहँदै आएको छ । अझ जङ्गलको राजा सिंह र मानिसबीच त एक ले अर्काको अस्तित्व नै स्वीकार गर्न नसक्ने किसिमको छ । सिंहले मानिसलाई सिकार बनाउने र मानिसले पनि सिंहको सिकार गर्ने क्रम नौलो होइन ।

अझै पनि अफ्रिकाको धेरै देशहरुमा सिंहको सिकार गर्न धेरै पर्यटकहरु आउने गर्छन् । दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्वे, नामिबियाजस्ता देशमा सिंहको सिकार गर्नु अझै पनि वैध छ । यद्यपि सन् २०१५ मा विख्यात सिंह ‘सेसिल’ को सिकार भएसँगै सिंहको सिकार रोकिनुपर्ने आवाज उठ्न थालेका छन् ।

तर, सबै मानिस सिंहको सिकार गर्ने मात्रै छैनन् । केही भने जङ्गलको राजालाई साथी पनि बनाउन चाहन्छन् ।

यस्तै मध्येका एक हुन् डिन स्नाइडर । उनको सानैदेखिको सपना हो, सिंहलाई साथी बनाउनु, सिंहसँग खेल्नु । उनी सिंहसँग डराउँदैनन् । बरु सिंहलाई सुमसुम्याउँछन्, सिंहसँग खेल्छन् ।

सिंहले पनि उनीमाथि झम्टेर आक्रमण गरिहाल्दैनन् । उनले सिंहसँग खेलेको र सिंहलाई सुम्सुम्याएको भिडियो सामाजिक सञ्जालभरी भाइरल छन् ।

यही सपना पूरा गर्न वित्तीय क्षेत्रमा राम्रो कमाइ छाडेर उनी अफ्रिका पुगेका छन् । दक्षिणी अफ्रिकामा उनले ४०० हेक्टर क्षेत्रफलमा सिंह र अरु जनावरका लागि हकुना मिपाका नाम गरेको आरक्षको स्थापना गरेका छन् । यो आरक्षमा सिंहसँगै जिराफ, जेब्रा, ब्वाँसो र बाँदरहरु पनि छन् ।

यी जनावरसँग पनि उनको उस्तै न्यानो सम्बन्ध छ । अरु जनावरसँग पनि उनी खेल्छन् । तर, उनले स्थापना गरेको त्यो आरक्ष भने सर्वसाधारणका लागि खुला गरिएको छैन । ‘हामीलाई पर्यटक चाहिएको छैन ।’ उनी भन्छन्, ‘हामी जनावरको प्रजनन वा व्यापार गर्दैनौँ ।’ 

‘मैले मानिसका लागि नभई जनावरका लागि आरक्ष खोलेको हुँ ।’ उनको भनाइ छ । पर्यटनबाट केही आर्जन नहुने भएकाले उनको आरक्ष अनुदानले चलेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ४ : ३१ बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर