केन्द्रीय कमिटी बैठक बोलाउने तयारीमा एमाले « Khabarhub

केन्द्रीय कमिटी बैठक बोलाउने तयारीमा एमाले


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थानीय तहको निर्वाचन केन्द्रीय कार्य योजना निर्माणमा जुटेको छ ।

पार्टी कार्यालय थापाथलीमा सोमबार बसेको एमाले केन्द्रीय कार्यालय बैठकमा सम्पूर्ण पार्टी पङ्क्तिलाई निर्वाचनका केन्द्रित गर्ने गरि बनाउन लागिएको कार्य योजनामा छलफल भएको एमाले प्रचार विभाग उप प्रमुख विष्णु रिजालले जानकारी दिए ।

 

बैठकमा पार्टी केन्द्रीय सचिवालयको एजेण्डाका बारेमा छलफल भएको उनले बताए । सातै प्रदेशमा निर्वाचन केन्द्रीय प्रशिक्षण र अभिमुखी कार्यक्रमहरु सम्पन्न गरेको र छिटै पार्टीका अरु तहका बैठकहरु आयोजना गरेर सम्पूर्ण पार्टी पङ्तीलाई निर्वाचन केन्द्रीय गरिने रिजालले बताए । त्यस्तै उनले पोलिट्ब्युरो तथा केन्द्रीय कमिटी बैठकको तयारीका बारेमा पनि छलफल भएको जानकारी दिए ।

पछिल्लो राजनीतिक अवस्था तथा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न एमालेले चैत ९ र १० गतेका लागि बैठक बोलाएको छ। त्यस्तै केन्द्रीय कमिटी बैठकअघि मंगलबार सचिवालयको र चैत ७ गते पोलिट्ब्युरो बैठक बस्ने तय भएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ६ : १० बजे

संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी

काठमाडौं – हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली

‘छत्तीसको आँकडा’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा अभिनेत्री रेखा थापा र निर्देशक सबिर

एपेनद्वारा बाढीपीडितका लागि ११ लाखभन्दा बढी राहत

काठमाडौं – एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स इन नेपाल (एपेन) ले

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

काठमाडौं– नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर