केन्द्रीय कमिटी बैठक बोलाउने तयारीमा एमाले | Khabarhub Khabarhub

केन्द्रीय कमिटी बैठक बोलाउने तयारीमा एमाले


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थानीय तहको निर्वाचन केन्द्रीय कार्य योजना निर्माणमा जुटेको छ ।

पार्टी कार्यालय थापाथलीमा सोमबार बसेको एमाले केन्द्रीय कार्यालय बैठकमा सम्पूर्ण पार्टी पङ्क्तिलाई निर्वाचनका केन्द्रित गर्ने गरि बनाउन लागिएको कार्य योजनामा छलफल भएको एमाले प्रचार विभाग उप प्रमुख विष्णु रिजालले जानकारी दिए ।

 

बैठकमा पार्टी केन्द्रीय सचिवालयको एजेण्डाका बारेमा छलफल भएको उनले बताए । सातै प्रदेशमा निर्वाचन केन्द्रीय प्रशिक्षण र अभिमुखी कार्यक्रमहरु सम्पन्न गरेको र छिटै पार्टीका अरु तहका बैठकहरु आयोजना गरेर सम्पूर्ण पार्टी पङ्तीलाई निर्वाचन केन्द्रीय गरिने रिजालले बताए । त्यस्तै उनले पोलिट्ब्युरो तथा केन्द्रीय कमिटी बैठकको तयारीका बारेमा पनि छलफल भएको जानकारी दिए ।

पछिल्लो राजनीतिक अवस्था तथा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न एमालेले चैत ९ र १० गतेका लागि बैठक बोलाएको छ। त्यस्तै केन्द्रीय कमिटी बैठकअघि मंगलबार सचिवालयको र चैत ७ गते पोलिट्ब्युरो बैठक बस्ने तय भएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ६ : १० बजे

डेढ महिनादेखि बेपत्ता नेपाली विद्यार्थी दूतावासको सम्पर्कमा

बेलायत – लन्डनबाट बेपत्ता नेपाली विद्यार्थी कमल अधिकारी डेढ महिनापछि

कर्णाली प्रदेशका चार सय ४४ बालबालिका बालगृहमा

सुर्खेत – कर्णाली प्रदेशका चार सय ४४ जना बालबालिका बालगृहमा

राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छः बाबुराम भट्टराई

काठमाडौं – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम

काठमाडौं उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षा

काठमाडौं – काठमाडौं उपत्यकासहित अहिले देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको

कोशी प्रदेश सभामा पहिलो पटक गैरसरकारी विधेयक दर्ता

विराटनगर । कोशी प्रदेश सभामा पहिलो पटक गैरसरकारी विधेयक दर्ता