प्रचण्ड र नेपाल कम्युनिष्ट आन्दोलनको मुख्य खलनायक : उपाध्यक्ष पौडेल « Khabarhub

प्रचण्ड र नेपाल कम्युनिष्ट आन्दोलनको मुख्य खलनायक : उपाध्यक्ष पौडेल


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रचण्ड र माधव कुमार नेपाल कम्युनिष्ट आन्दोलनको मुख्य खलनायक भएको आरोप लगाएका छन्।

सोमबार नेकपा एमाले बुटवल उपमहानगर कमिटिले आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन अदालतलाई समेत दुरुपयोग गरेको आरोप लगाए।

उपाध्यक्ष पौडेलले नेकपा एमालेलाई फुटाउन देशी विदेशी प्रतिगामी शक्तिहरु लागेको बताउदै प्रचण्ड र माधव कुमार नेपाल प्रतिगामी शक्तिहरुको मतियार बनेको जिकिर गरे । उनले वामपन्थी शक्तिको सरकार गिराएर कांग्रेसको पछि लागेका प्रचण्ड र माधव कुमार नेपालले नेपालको कम्त्युनिष्ट आन्दोलनमा धेरै ठूलो अपराध गरेको बताए।

जनताले उनीहरुलाई माफी दिन नसक्ने बताउँदै नेता पौडेलले नेपाली कम्युनिष्ट आन्दोलनलाई धोका दिनेहरु समाप्त भएर जाने ठोकुवा गरे । उपाध्यक्ष पौडेलले नेकपा एमालेले देश र नेपाली जनताको सम्बृद्धि विकास चाहेको उल्लेख गर्दै जनताले आगामी चुनावमा प्रतिफल दिने बताए ।

पूर्व उपप्रधान तथा अर्थमन्त्री पौडेलले प्रतिगामी शक्तिहरुका मतियारहरुले अदालतबाट सरकार गठन गरेर अदालतकै धज्जी उडाएको बताउँदै यसमा मुख्य दोष प्रचण्ड माधवको नै रहेको दाबी गरे।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ७ : १० बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम