महिला विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाको लगातार तेश्रो जित « Khabarhub

महिला विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाको लगातार तेश्रो जित


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– महिला विश्वकप वन डे क्रिकेटअन्तर्गत आज भएको खेलमा दक्षिण अफ्रिका विजयी भएको छ ।

माउन्ट मउगानुईमा भएको खेलमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई तीन विकेटले पराजित गरेको हो ।
दक्षिण अफ्रिकाको यो लगातार तेश्रो जित हो ।

टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३५ रनको योगफल तयार पारेको थियो । जवाफमा दक्षिण अफ्रिकाले ४ बल बाँकी रहँदै तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

दक्षिण अफ्रिकाका लागि लाउरा वलभर्डिटले ७७, कप्तान सुने लुसले ३६, मारिजने कापले ३२ रन बनाएका थिए ।

त्यस्तै, इंग्ल्यान्डका लागि ओपनर टमी बेउमोन्टले ६२, एमी जोन्सले ५३ र सोफिया डन्क्लीले २६ रन बनाएका थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  १० : ५८ बजे

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको

विधानअनुसार विशेष महाधिवेशन बोलाउन मिल्छ, कार्यसमिति चयन गर्न मिल्दैन : कान्छाराम तामाङ

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री कान्छाराम तामाङले नेपाली कांग्रेसको

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन २१