मलेसिया ११ ले नेपाल प्रो क्लब च्याम्पियनसिपको फाइनलमा « Khabarhub

मलेसिया ११ ले नेपाल प्रो क्लब च्याम्पियनसिपको फाइनलमा


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेसिया ११ ले नेपाल प्रो क्लब टी–ट्वान्टी क्रिकेट च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरेको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा बिहीबार भएको सेमिफाइनल खेलमा मलेसियाले उत्तर प्रदेश क्लब ११ लाई १४ रनले पराजित गरेको हो ।

वर्षाका कारण मैदान भिजे पछि ढिला गरी सुरु भएको खेललाई घटाएर ५ ओभरमा सीमित गरिएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित ओभरमा ३ विकेट गुमाएर ४४ रन बनायो ।

मलेसियाका लागि सैयद अजिजले २३ रन र विरनदिप सिंहले अविविजित २० रन जोडे । ४५ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको उत्तर प्रदेशले ५ ओभरमा ४ विकेट गुमाएर मात्र ३० रन बनायो ।

उसलाई लक्ष्य प्राप्तिबाट रोक्न मलेसियाका विरनदिप सिंहले २ तथा विजय उन्नी र सैयद अजिजले १–१ विकेट लिए ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  २ : २९ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु